गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार पोखरामा आयोजना गरेको प्राविधिक परीक्षण सम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठिमा मन्तब्य व्यक्त गर्नुुहुदै मन्त्री जुुग्जालीले नागरिकको आवश्यकता र स्रोतको संयोजन गरेर योजना छनौट राजनीतिक्षले गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र सफलताका लागि प्राविधिक जनशक्तिको जिम्मेवारी हुुने बताउनुुभयो ।

“पोलिटियिन र प्राविधिकले जनताको विश्वास जितेर काम गर्न बुुझाईमा एकरुपता बनाउन आवश्यक छ,” उहाँले भन्नुुभयो “प्राविधिक प्रोफेसनल हुुने र पोलिटिसियनले लोभ नगर्ने तथा डर नमान्ने हो भने विकास निर्माण देखि सार्वजनिक सेवा प्रवाहमा सुुधार ल्याउन सकिन्छ ।”

मन्त्रालयका सचिव शंकरराज पण्डीतले योजनाको सर्वेक्षण, ठेक्का व्यवस्थापन, सुुपरभिजन र सम्पन्न गराउने चरणका लागि प्राविधिक जनशक्तिको क्षमता विकासको आवश्यकता रहेको बताउनुुभयो । सतर्कता केन्द्रले प्रदेश र स्थानीय तहका केही नमुुना आयोजनाहरुको प्राविधिक परिक्षण गरेर गुुणस्तर सुुधारका लागि सुुझाव दिन आग्रह गर्नुुभयो ।

केन्द्रका सहसचिव तथा प्रवत्ता राजेन्द्र पौडेलले भ्रष्ट्राचार न्युनीकरण र शुसासन प्रर्वद्धनका गतिबिधिका साथै पूर्वाधारका योजनाहरुमा गुुणस्तर परिक्षण गरेर सम्बन्धित निकायलाई सुुझाव दिनुुका साथै जनशक्तिको क्षमता विकासमा जोड दिएको बताउनुुभयो ।

गण्डकी प्रदेशका स्थानीय तहका ईञ्जिनियर र सवईञ्जिनियरहरुको सहभागिता रहेको कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरराज पण्डीत, केन्द्रका सिनियर डिभिजनल ईञ्जिनियर स्मिता शर्मा, सहरी विकास मन्त्रालयका सहसचिव निशा रिजालले सहजिकरण गर्नुुभएको थियो ।

Leave a Reply