नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका शर्माले प्रतिस्पर्धी खगराज समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै शर्मा पुनः अध्यक्षमा चयन भएका हुन्।

अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा पराजित अधिकारीले ३ सय ६५ मत प्राप्त गरे। अध्यक्षमा निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन्। उपाध्यक्षमा पिएस समूहकै मीनबहादुर गुरुङ निर्वाचित भए। उनले प्रतिस्पर्धी खगराज समूहका बाबुराम विकलाई १७२ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित गुरुङले ५३४ मत प्राप्त गरे भने पराजित विकले ३६२ मत प्राप्त गरे। सचिवमा पिएस समूहका धनञ्जय दवाडी निर्वाचित भए।

उनी प्रतिस्पर्धी खगराज समूहका रश्मि आचार्यलाई १४४ मतान्तरले पराजित गर्दै विजयी भए। विजयी दवाडीले ५२० मत प्राप्त गर्दा पराजित आचार्यले ३७६ मत प्राप्त गरे। उपसचिवमा पिएस समूहका दामबहादुर विक विजयी भए। पिएस समूहका सन्तोष रावललाई १०२ मतान्तरले पराजित गर्दै विक बिजयी भए।

विजयी विकले ४९९ मत प्राप्त गर्दा पराजित रावलले ३९७ मत प्राप्त गरे। उपसचिव महिलामा पिएस समूहका मञ्जु अधिकारी प्यासी विजयी भइन्। उनी खगराज समूहकी मीना गुरुङलाई १६६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। विजयी अधिकारीले ५३१ मत प्राप्त गर्दा पराजित गुरुङले ३६५ मत प्राप्त गरिन्।

सदस्यमा भने मिश्रित नतिजा आएको छ। बिहीबार भएको मतदान राती अवेर सकिएपछि मतगणना शुक्रबार विहानसम्म गरिएको थियो। बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो। एमाले गण्डकीमा कुल ९०७ प्रतिनिधि थिए। तर अन्यले मतदान गरेनन्।

Leave a Reply