म्याग्दीका भलिबल खेलाडीको प्रतिभा पहिचानका लागि म्याग्दी भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिको प्रथम मोना कप हुने भएको छ ।

संसारभरी छरिएका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसर बेनीस्थित खुल्लामञ्चमा आगामी असोज २४ र २५ गते पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको तयारी तिब्र पारिएको छ । म्याग्दी जिल्ला भलिबल संघको खेल ब्यवस्थापनमा हुन लागेको मोना भलिबलको प्रतियोगितामा स्थानीय तहले आधिकारिक पत्र सहित छनौट गरी पठाएका महिला तथा पुरुष भलिबल टोलीले खेल्ने छन् ।

स्थानीय तहमा रहेको भलिबल संघले खेलाडी छनौटमा सघाउने छ भने स्थानीय तहको प्रतिनिधित्व गदैं खेलाडी प्रतियोगितमा सहभागी हुने भलिबल प्रतियोगिताका मुल संयोजक एवम् मोना आइसीका उपाध्यक्ष जंग पुनले बताए । ‘प्रतिभा पहिचानका लागि यो सुन्दर अवसर हो, पालिकामा देखिएका उर्जाशिल खेलाडीले भविस्यमा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर समेत पाउने छन्’संयोजक पुनले भने ।

खेल क्षेत्रका प्रतिभाहरु ग्रामिण क्षेत्रमा प्रशस्त भेटिने भएकाले प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न यसपटक म्याग्दी भित्रकै पालिकास्तरीय प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष पुनको भनाई छ ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशः एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ ।

प्रतियोगितामा म्याग्दी जिल्लाबाट जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका खेलहरुमा सहभागी भएका खेलाडीले  सहभागि हुने पाउने खेल ब्यवस्थापनको जिम्मा पाएको म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनका अनुसार खेल तालिका गोलाप्रथाद्धारा हुने छ। आगामी असोज २२ गते साँझ ५ बजे सार्वजनिक गरिने छ । मोना कपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी छनौट गरी म्याग्दी टिम समेत तयार गरिने जनाइएको छ ।

Leave a Reply