बेनी नगरपालिका–१ मा अवस्थित रत्नेचौर जागरण समूहको ६ औ स्थापना दिवस, तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट खमबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समुहको छैठौ स्थापना दिवसको अवसरमा उपाध्यक्ष दान बहादुर महत, सचिव हरि बहादुर महत (ध्रूव ) सह–सचिव हरिबहादुर.खत्री,कोषाध्यक्ष कृष्ण वहादुर वोगटी, सह–कोषाध्यक्षः सुजन थापा क्षेत्री, वरिष्ठ सदस्य अम्मर बहादुर वोगटी सदस्यहरुमा यामबहादुर महत, शिव थापा मगर, हरिबहादुर वोगटी रहेका छन् ।

वडा अध्यक्ष प्रमुख अतिथि टेकबहादुर थापाको प्रमुख आातिथ्यतामा भएको कार्यक्रममा भानु मावि र उपल्लाचौर आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको थियो ।

कार्यक्रममा भानु माविका प्रअ दिनेश बोगटी, संस्थापक अध्यक्ष गणेशबहादुर बोगटी, रत्नेचौर क्लवका अध्यक्ष हिराबहादुर बोगटी, रत्नेचौर यूवा क्लवका पूर्व अध्यक्ष यामबहादुर रोका मगर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता मन्नु रावल, खम पुन र सञ्चालन दानबहादुर महतले गरेका थिए । समुहले खेलकुद सहित विभिन्न सामाजिक कार्य गदैं आइरहेको छ ।

Leave a Reply