नेपाल राहत शिक्षक जिल्ला समिति, म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले दोस्रो कार्यकालको लागि पुनः देवराज शर्माको नेतृत्वमा उपाध्यक्ष केशवराज पौडेल, सचिवसचिन शाक्य (चौधरी), कोषाध्यक्ष गंग बहादुर (गणेश) खत्री, सहसचिव राजेन्द्र आचार्य, सहकोषाध्यक्ष यशोदा शर्मा तथा सदस्यहरु सुनिल बानियाँ, बिजय सुवेदी,सरोज ढकाल, थम बहादुर पुन, प्रकाश सापकोटा, अशिम चोखाल, तारानाथ शर्मा, गुणराज आचार्य र कविता बुढाथोकी रहेको १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यक्रमको सभापतित्व देवराज शर्मा, विशिष्ट अतिथिमा उच्च मा.वि. शिक्षकहरुको छाता संगठन हिस्टुन गण्डकी प्रदेश उपाध्यक्ष मदन सुवेदी रहनुभएको थियो । उक्त कार्यक्रमको संचालन पूर्व सचिवसन्तोष सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षकसचिन शाक्य (चौधरी), शुभकामना मन्तव्य विशिष्ट अतिथि उच्च मा.वि. शिक्षकहरुको छाता संगठन हिस्टुन गण्डकी प्रदेश उपाध्यक्ष मदन सुवेदी लगायतका शिक्षकहरुले दिनुभएको थियो ।
सो कार्यक्रमको समापन गर्ने क्रममा नेपाल राहत शिक्षक जिल्ला समिति, म्याग्दीका अध्यक्ष देवराज शर्माले यो कार्य समिति स्थापनाको उद्देश्य, समितिले गर्ने भावी योजना, समितिले गर्दै आएका विगतका क्रियाकलापहरुको बारेमा जानकारी गराउँदै यस समितिलाई सक्रिय रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा राहत शिक्षकहरुको स्थायित्वको लागि हुने आन्दोलनहरुमा सक्रिय सहभागिता जनाउनका लागि तयारी अवस्थामा रहन सम्पूर्ण राहत शिक्षकहरुलाई अपिल गर्दै आफु पनि उक्त कार्यमा खरो रुपमा प्रस्तुत हुने धारणा राख्नुभएको थियो ।
अधिवेशनबाट कार्य समिति चयन भए लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले नेपाल राहत शिक्षक, गण्डकी प्रदेशको दोस्रो अधिवेशनको लागि प्रतिनिधिहरु छनौट गरी सहभागिता जनाउने निर्णय गरेको थियो ।

Leave a Reply