बेनी सामुदायिक माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण गर्ने छात्र–छात्रालाई नगद पुरस्कार प्रदान गरेको छ । मंगलबार विद्यालयमा आयोजित एक समारोहका बिच ३ दशमलव ६५ ल्याउने ६ जना छात्र–छात्रलाई विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले ब्यक्तिगत रुपमा प्रति विद्यार्थी जनही रु ३ हजार रुपैयाँ र विद्यालयले २ हजार नगद र प्रमाणपत्रप्रदान गरिएको हो ।

विद्यार्थीलाई पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा अनुसार सम्मान गरिएको विद्यालयका प्रअ श्रेष्ठले बताए । ‘यसपटकको नतिजाबाट सन्तुष्ट छौ,‘सतप्रतिशत विद्यार्थीहरु ग्रेड बृद्धि नगरी सिधै भर्ना हुने गरी उत्र्तिणा भएका छन्’ प्रअ श्रेष्ठले भने ।उनले विद्यार्थीको उच्च शिक्षामा समेत सहज हुने गरी आधारभुत तहदेखि नै शिक्षकको मेहनत अनुसारको नतिजा एसइईमा देखिएको बताए ।

बेनी सामुदायिक विद्यालयबाट साविकको धौलागिरी अञ्चल भित्रका चार जिल्लामा संस्थागत तथा सामुदायिक विद्यालयमा सबैभन्दा धेरै १ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा औसत जिपिएको आधारमा धौलागिरीमै बलेवाको गणेश माविपछिको दोस्रो उत्कृष्ट नतिजा भएको समेत प्रअ श्रेष्ठले बताए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि विब्यस अध्यक्ष थापाले म्याग्दीमा सामुदायिक तर्फ बेनी सामुदायिक मावितर्फ औसत नतिजामा २ दशमलब ८६ जिपिए सहित प्रथम भएको भन्दै अभिभावकको साथ, विद्यार्थी र शिक्षकको मेहनतको नतिजा देखिएको बताए ।‘विद्यार्थीको नतिजाले नै पुष्टी भएको छ, धेरैको एउटै किसिमको जिपिए आउनु विद्यालयभित्रको शैक्षिक वातावरण नै प्रमुख कारण हो’ अध्यक्ष थापाले भने ।

विद्यालयले हरेक बर्ष दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिएको बताए । सबैको सामूहिक प्रयासमा मात्रै विद्यालयले सफलता प्राप्त गर्ने उनले बताए । सम्मान कार्यक्रमको अवसरमा शिक्षक अभिभावक संघकी अध्यक्ष बलादेवी बरुवाल राई लगायत अभिभावकले विद्यालयको शैक्षिक वातावरणको कारण विद्यार्थीको नतिजा राम्रो आएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

सम्मान कार्यक्रममा सम्रग शिक्षकको तर्फबाट रामचन्द्र पौडेल, कक्षा १०को शिक्षकको तर्फबाट भिम घर्तीमगरले मन्तब्य राख्नुभएको थियो । सम्मान तथा पुरस्कृत कार्यक्रमको अध्यक्षता प्रअ श्रेष्ठ, स्वागत शिक्षक शिवदत्त रेग्मी र सञ्चालन शिक्षक टिकानाथ पौडेलले गरेका थिए ।

यसपटकको एसइईमा समेत औषत जिपिए सहित अन्य सूचकमा समेत अगाडी देखिएको छ । यसैबर्ष नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको एक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट कार्यक्रम अन्तरगत गरिएको स्थलगत अनुगमनबाट उत्कृष्ट घोषित भई प्रोत्साहन स्वरुप ५ लाख पुरस्कार समेत प्राप्त गरेको थियो । सोही प्रोत्साहन पुरस्कारबाट शैक्षिक अवलोकन भ्रमण तथा सामुदायिक विद्यालयसँग विभिन्न कार्यक्रम समेत गरेको विद्यालयले जनाएको छ ।

Leave a Reply