स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ विगत तिन वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा गर्दै आइरहेको तेस्रो बेनी एफसी फुटसल प्रतियोगीता २०२३ जुलाई ९ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रका २४ टिमको सहभागीता रहेको प्रतियोगीताको उपाधी स्टार फुटबल क्लब ओसाकाले हात पारेको छ भने कोवे युनाइटेडले उपविजेतामा चित्त बुझाएको छ । विजेता र उप विजेताले क्रमशः ३,६०,००० र १,९०,००० येन नगद, ट्रफि र प्रमाण पत्र हात पारेका छन ।

खेलको सुरुवाती चरणबाट नै निकै रोमान्चक प्रदर्शन गर्दै क्वाटर फाइनलबाट नै लगातार पेनाल्टीको बचाउ गर्दै टिमलाई फाइनल सम्म पुराउने स्टार एफसीका किपर असीम थापा उत्कृष्ट किपर हुन पुगे, त्यस्तै आफ्नो कौशलता प्रदर्शन गर्दै कोवे युनाइटेडका आदर्श लिम्बु सेमीफाइनलमा उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो । खेलको सेमी फाइनल र फाइनलमा व्यक्तिगत ५ गोल गर्र्दै स्टार एफसीका अमन राई सर्वाधिक गोल कर्ता हुनुभयो भने सबै भन्दा अनुशासीत र उत्कृष्ट खेल प्रदर्शन गर्दै उनम बुढाथोकी म्यान अफ द म्याच हुन सफल हुनुभयो ।

प्रतियोगीताको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथीको रुपमा एनआरएनए कान्साइका निर्वतमान संयोजक दिलीप शर्मा गैरे लगाएत विभीन्न विसीष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । साथै कार्यक्रम संयोजक मनोज बानियाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा बेनी एफ सी निरन्तर लागी रहने र यस प्रतियोगीता सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply