म्याग्दीको शैक्षिक धरोहरको रुपमा स्थापित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले प्रवेशिका परीक्षा (एसईई) २०७९ मा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयको आयोजनामा आइतबार एक समारोहबीच एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

एसर्ईई परीक्षामा उत्तीर्ण माउण्ट एभरेष्टका ५४ जना विद्यार्थीहरुलाई विद्यालयमा बधाई तथा सम्मान कार्यक्रममार्फत सम्मान गरिएको विद्यालयले जनाएको छ । एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान प्रदान गर्दै विद्यालयका अध्यक्ष प्रमोद श्रेष्ठले उच्च शिक्षा अध्ययनको लागि अङ्कको आधारमा भन्दा पनि रुचि र दक्षताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभएको छ ।

उहाँले आगामी दिनमा पनि अध्ययनलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक राजु केसीले अरुको लहलहै र अभिभावकको दवावमा विधार्थीले विषय छनोट गर्नुभन्दा पनि आफूले पढ्न सक्ने र पढ्नलाई रुचि भएका विषयहरु छान्न सुझाव दिनुभयो । उहाँले अभिभावकले आफ्ना बालबालिकाहरुलाई यो वा त्यो विषय अध्ययन गर भनेर दवाव दिन नहुने बताउनुभयो ।

कार्यक्रममा एसईईमा सम्मिलित भई ३.७० र ३.३० जिपिएसहित सर्वोकृष्ट अङ्क ल्याउन सफल क्रमशः त्रिलोचन रिजाल र स्वस्तिका राई तथा उहाँहरुका अभिभावकलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । साथै अन्य विद्यार्थी र अभिभावकहरुलाई पनि सम्मान गरिएको विद्यालयको भनाइ छ ।

विद्यालयका शिक्षक रामप्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रममा एसर्ईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक योगेश शर्मालाई पनि सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष श्रेष्ठको अध्यक्षता, सञ्चालक समितका सदस्यद्वय रमेश गिरी र सुविन श्रेष्ठ तथा गतवर्ष कक्षा १२ मा जिल्लाभर सर्वोकृष्ट अङ्क ल्याएका शसांक श्रेष्ठको विशेष उपस्थतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

विगतका एसईई परीक्षामा जिल्लामै नमुनायोग्य र सर्वोत्कृष्ट नतिजा ल्याउने गरेको माउण्ट एभरेष्ट आमाविबाट अन्य शैक्षिक संस्थामा गएका विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ ।

Leave a Reply