आयोजक कीर्तिपुर नगरपालिकालाई पन्छाउँदै अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ ।

राष्ट्रव्यापी अन्तर स्थानीय तह ९ यू–१८ ० मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा म्याग्दीको अन्नपूर्णले किर्तिपुरलाई अन्तिम सेटमा ८१ का बिरुद्ध ८८को अन्तरले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । निकै प्रतिस्पर्धाका बिच म्याग्देली खेलाडीको कलात्मक खेल देखाउँदै विजेता बन्न सफल भएको प्रतियोगिताका अन्नपूर्ण प्रेस प्रतिनिधि सुरेन गुरुङले बताए ।

’लिग कम नकआउट फर्म्याट’मा सञ्चालित प्रतियोगितामा अन्नपूर्णले नागार्जुन,टोखा र ललितपुर नगरपालिकालाई पराजित गदैं फाइनलमा प्रवेश गरेको थियो । प्रयाप्त तालिम र नियमित अभ्यासमा रहेका खेलाडीलाई सामान्य अभ्यास र सहयोग जुटाएर प्रतियोगितामा पुगेका म्याग्दीका खेलाडी निरन्तर हाबी भएका थिए ।

प्रतियोगितामा अन्नपूर्ण–८ काफडाँडाका केमन शेञ्चुरी ‘रोशन’ सवोत्कृष्ट खेलाडी घोषित हुदैं नगद १० हजार, मेडल प्राप्त गरेका थिए । त्यस्तै फाइनल खेलको म्यान अफ दी म्याच अन्नपूर्णकै नुकेश जुग्जाली घोषित भए ।

प्रतियोगिताको विजेता अन्नपूर्णले नगद १ लाख, उपबिजेता किर्तीपुर नगरपालिकाले ५० हजार, तेस्रो ललितपुर नगरपालिकाले ३० हजार, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेतालाई कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मी, उपमेयर शुभलक्ष्मी शाक्य, बास्केटबल संघका अध्यक्ष भिमसेन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

म्याग्दी टोलीका टिम प्रशिक्षक सुमन तिलिजाले अन्नपूर्ण गाउँपालिका सहित विभिन्न ब्यक्ति र संस्थाको सहयोगमा संकलन गरिएको आर्थिक सहयोगबाट प्रतियोगितामा सहज भएको बताएका थिए । उनले प्रतियोगिता सफल बनाउन रचनात्मक सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिएका छन् ।

Leave a Reply