म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । समितिको सदस्यहरूमा हरिकृष्ण गौतम,तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,कमला पौडेल, कृष्णकुमारी हमाल, बिन्दु थापालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्य सचिवमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारी र शिक्षक प्रतिनिधि आशिक भण्डारी रहनुभएको छ । अभिभावक भेलाको उद्घाटन गदैं विद्यालयका संस्थापक रेशमबहादुर बानियाँले संरक्षण, पालन पोषण गर्ने व्यक्ति अभिभावक र बालबालिकालाई पढाएर सफल बनाउने शिक्षक बिचको सम्बन्ध बलियो बनाउन अभिभावक संघले पूलको भूमिका निर्वाह गनुर््पर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीको पहिलो शिक्षक अभिभावक र उज्वल भविष्यको गोरेटो बनाउने शिक्षकले विद्यार्थीको क्षमता र आवश्यकतालाई ध्यान दिनुपर्ने जोड दिनुभयो । सोही अवसरमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक एक अर्काका परिपूरक भएको बताउनुभयो । उहाँले अभिभावक, विद्यालय प्रशासन र शिक्षकको सहकार्य बिना विद्यार्थीले लक्ष्य प्राप्तीको यात्रा अपूरो हुने बताउनुभयो ।

सोही अवसरमा अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीले गुणस्तरीय शिक्षाका लागि आम अभिभावक र विद्यालयका शिक्षकबिच सुमधुर सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । अभिभावक भेलाको अध्यक्ष तथा स्वागत संस्थापक रेशमबहादुर बानियाँ र शिक्षिका दिपिका सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply