म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासिय मा.विद्यालयमा छंदोबद्द कबिता बाचन सम्पन्न भएको छ । आदिककवि भानुभक्त आचार्यको जन्मजयन्ती असार  महिनाको पावन अवसरमा विद्यालयले शुक्रबार अन्तर बिद्यालय कबिता बाचन प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा प्रथम न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका छात्रा ऋचा जि.सी. प्रथम, जडभरत शालग्राम संस्कृत बेद बिद्धाश्रमका प्रकाश बराल द्वितीय र बालमन्दिर माध्यमिक विद्यालयका फुलमाया दर्जी तृतीय र बुद्ध एकेडेमीका संगीत शाही, बेनी सामुदायिक मा.वि.का उत्तम रिजाल र गलेश्वोर मा. वि. तोरिपानिका स्वस्तिका पौडेल सान्त्वना भएका छन । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई  क्रमश ५ हजार, ३ हजार, २ हजार र १ /१ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गीतका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला), वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्य प्रिन्सिपल डीबी दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले नगद प्रमाण पत्र र पुष्पगुच्छा प्रदानगर्नु भएको थियो

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पहिलो पटक म्याग्दी आउनुभएका राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला) लाइ विद्यालयले अभिनन्दन गरेको छ ।विद्यालयको प्रार्थना सभामा विद्यार्थीहरुको तर्फबाट समेत राष्ट्रगानका रचयिता माइलालाई अभिनन्दन गरिएको छ । त्यसैगरी पुर्व बिद्यार्थी दिनेश कुमार बविश्वकर्मालाई २०२३ को मिस्टर एण्ड मिस बिश्वकर्मा इन्टर कन्टिनेन्टल प्रतियोगितामा बिजयी भएकोमा दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि ब्याकुल माइलाले म्याग्दीमा पहिलो पटक भएको विद्यालय स्तरीय छन्दोवद्ध कबिता बाचनले विद्यार्थीहरुमा कबिता पढ्न मात्रै नभएर त्यसको गति/यति बुझ्न र लेखनमा समेत सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा  कवि प्रतियोगिताका निर्णायक संयोजक बलराम दाहालले छन्द कबिता केहो ? कसरी लेखिन्छ?  कसरी बाचन गरिन्छ ?भन्ने बिषयमा अभ्यास समेत गराउनुभएको थियो ।

प्रतियोगितामा जिल्लाका १९ विद्यालयका ३१ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतियोगितामा कवी बलराम दाहाल, कवी सोमनाथ सुबेदी, म्याग्दी बहुमुखी क्याम्पसका उप प्राध्यापक रेखा कौशल रेग्मीले  निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो । त्यसैगरी संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठले भानुजयन्ती, असार महिना विद्यालयले असार महिनामा नेपाली भाषाको उन्न्नयनका लागी गरेको प्रयास र कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा म्याग्दी जेसिसका अध्यक्ष सुमन बानिया, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका, साहित्यकार लोकनाथ भुषाल घायल श्री, नगेन्द्र गौतम लगायतले मन्तब्य र रचना बाचन गर्नुभएको थियो  ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष यज्जन्लाल शाक्यको अध्यक्षता, प्रिन्सिपल डिबि दाहालको स्वागत भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले रामायण बाचन गरेर स्वागत र विद्यार्थीहरुले गीत समेत प्रस्तुत गरेका थिए  ।

Leave a Reply