बागलुङमा पिकअप दुर्घटना हुँदा मृत्यु भएका २ जनाको सनाखत भएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले दिएको जानकारी अनुसार जिपमा सवार २ जनाकै सनाखत भएको हो ।

मृत्यु हुनेमा चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ मालडुङ्गाका वर्ष २८ का राजेन्द्र माझी र बागलुङको जैमीनी नगरपालिका-१० राङ्खानीका वर्ष ३६ का दुर्गा पौडेल रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । बागलुङको गलकोटबाट सामान विक्रि गरि सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरिरहेको बताइएको छ । जिपमा २ जनामात्र सवार थिए । मृतकलाई बागलुङ बजारतर्फ ल्याउँदै र घटनाको थप अनुसन्धान भइरहेको प्रमुख श्रेष्ठले बताए ।

Leave a Reply