नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी ९राम रुचाल० चयन भएका छन् । धौलागिरी ब्युरोको तेस्रो पुर्ण एकता बैठकले बैठकबाट बेनी नगरपालिका–३ भकिम्लीका रुचाललाई सर्बसम्मतले जिम्मेबारी हस्तान्तरण गरिएको हो ।

बि.स २०५७ सालमा तत्कालिन माओवादीबाट भूमिगत राजनीति गरेका रुचाल नेकपाको पार्टीको सचिवालय सदस्य, नगरपालिका इन्चार्जश्रमिक समुदाय मोर्चाको केन्द्रिय सदस्य लगायत विभिन्न जिम्मेबारीमा समेत रहेका थिए । नेकपाको सक्रिय राजनीतिमा रहेका रुचाल पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको अवस्थामा अर्थभूमिगत भएका थिए ।

रुचाल भकिम्लीमा सामुदायिक विद्यालयको नेतृत्व, विभिन्न संघसंस्थाका साथै जातिय विभेद बिरुद्धको अभियानको समेत अगुवाईमा सक्रिय छन् । संविधानसभाको दोस्रो र प्रतिनिधिसभाको बहिस्कार सहितका पार्टीका आन्दोलनमा समेत रुचाल अग्रपंक्तीमा रहेका थिए । नेकपाको जिल्ला इन्चार्जमा भने उषा घर्ती मगर छिन् ।

Leave a Reply