अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२,रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ। सोमबार राती बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाउँदा नविन र रुजन विकको मृत्यु भएको छ भने घाम बहादुर विक, राजु विक र रोजी विकको खोजीकार्य भइरहेको छ । घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा पहिरोसँगै पुरिएका थिए ।

बर्षा र निरन्तर खसिरहेको पहिरोले उद्धार र खोजीमा समस्या भएको स्थानीयबासीको भनाई छ । बस्तीमाथिबाट ठूलो पहिरो खसेको र घर समेत बगाएका कारण उनीहरूलाई जीवितै फेला पार्ने संभावना कम रहेको उद्धारकर्ताको भनाई छ । खोज, उद्धार तथा राहतका लागि वडाका विभिन्न बस्तीबाट घटनास्थल तर्फ गइरहेको वडा सदस्य भक्त बहादुर पुनले बताउनुभयो ।

Leave a Reply