म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्वाँत टोलमा मंगलबार गणेश मन्दिर तथा स्वाँत पुल देखि घुर्जा सम्मको मोटर बाटो उद्धघाटन गरिएको छ । भब्य समारोह बिच आयोजित कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री उत्तम बहादुर पुनले गाउँको विकासमा समुदायको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

उहाँले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र सधै प्रयोग गर्न मिल्ने अवस्थामा रहेकाले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मोटरबाटो उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष क्या.डम बहादुर गर्बुजा पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. बल बहादुर तिलिजा, कार्यबाहक वडा अध्यक्ष राजेश तिलिजा, सचिव कुल प्रशाद आचार्य, समाजसेबी चन्द्र गर्बुजा, बागबिर पाईजा, नर बहादुर तिलिजा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँप्रति खटिएर काम गर्नुहुने क्या बल बहादुर तिलिजा, नर बहादुर तिलिजा, चन्द्र गर्बुजा र पालिका प्रमुख क्या.डम बहादुर गर्बुजालाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि पुन र सपरिवारलाई दोसोल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा लोक दोहरी गायक कुमार पुन र गायिका बसन्ती थामा मगर सहित स्थानिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख अतिथिका पुनले ७५ हजार टोल सुधार समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । स्वाँत टोल सुधार समेतिमा अध्यक्ष टेकबहादुर तिलिजाको अध्यक्षता र नारायण तिलिजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply