म्याग्दीको मंगला गाउँपालिका-५, अर्मन सिर्कुममा पहिरोमा पुरिएर घाईते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिएर घाईते भएकी ६० बर्षिया भिमकला बुढाथोकी र २१ बर्षिया सुजिता छन्त्याल बुढाथोकीलाई थप उपचारको लागि बिहिबार विहान नेपाली सेनाका हेलिकप्टर मार्फत पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको हो । बुधबार घाईते भएकी बृद्धा बुढाथोकीको ढाडमा समस्या भएपछि सवारीसाधन र पैदलयात्राभन्दा हेलिकप्टरबाट पोखरा पठाइएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् । उद्धार कार्यमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहितको टोली पुगेका थिए ।

घाईतेको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधिको समन्वयमा गृहमन्त्री खगराज अधिकारीलाई घटनाका बारेमा जानकारी गराइएपछि उद्धार गरिएको थियो । पहिरोले घर भत्किएपछि अलपत्र परेकी बृद्धा बुढाथोकी सहित परिवारलाई स्थानीयले सकुशल उद्धार गरेका थिए ।

 

Leave a Reply