विद्यालयबाट कोभिड ’समुदायमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी १५ गतेदेखि बैशाख २८ गतेसम्म म्याग्दीको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको छ । सोमबार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण बुधबारदेखि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथामका लागि थप विभिन्न निर्णय गरेको छ ।

जिल्लाका विद्यालयमा फैलिएको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालको प्रयोगशालमा एन्टिजेन्ट परीक्षण गर्दा एक निजी र एक सामुदायिक विद्यालयको दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टि भएको हो । सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको कक्षा ७ र ९ मा अध्ययनरत दुई विद्यार्थी, एक शिक्षक र न्यू वेष्ट प्वाइन्ट आवासीय माविका एक विद्यार्थीमा कोरोना पुष्टी भएको थियो ।

Leave a Reply