लायन्स क्लव अफ म्याग्दी दोभानको ११ औं अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा नविना थापा रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा कमला जिसी, दितृय उपाध्यक्षमा जमुना केसी, तृतीय उपाध्यक्षमा पवित्रा बोगटी, सचिबमा थुमा खड्का कोषाध्यक्षमा बिष्णु गुरुङ, एलसिआइएफ संयोजक, मेम्बरसिप चियरप्रर्सन, मार्केटिङ कमिटि चियर पर्सन, सुर्भिस चियर पर्सन, स्वास्थ्य डाइरेक्टर, रिपोटिङ, एजुकेशन, स्पोर्ट, सोसल, फाइनान्सीयल कोअर्डीनेटर लगायतका अन्य पदमा पहिलो बैठकबाट जिम्मेबारी दिइने अध्यक्ष रावलले जानकारी दिनुभयो ।

म्याग्दीमा लायन्सको अभियान सुरु भएदेखिनै महिलाहरु आवद्ध भएर विभिन्न रचनात्मक कार्यहरु गदै आइरहेका छन् । शिक्षा, स्वास्थ्य, सामाजिक तथा अन्य रचनात्म कार्यहरुमा लायन्स क्लवले सहयोग गर्ने गरेको छ ।

 

Leave a Reply