विज्ञान विषयमा प्लस टु सकेका म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौर भाईवाङका अर्जुन भट्टराईलाई अभिभावकले डाक्टर बनाउने सोच बनाएका थिए। माध्यामिक तहको पढाई सकेर उच्च शिक्षाका लागि काठमाण्डौ हानिएका भट्टराईले परिवारको चाहना अनुसार पढाईमा निकै मेहनत गरे। विहानै क्याम्पस, प्रयोगात्मक विषय भएकाले उनले फुर्सदको समयमा आफ्नो भित्री चाहना ‘स्केच’ बनाउने गरेका थिए ।

स्कुल जीवनमा वातावरण नभएर भित्री चाहनालाई खुम्चाएका भट्टराईले काठमाण्डौमा पुगेर गुगल र युट्युबमा सर्च गरे स्केच बनाउन सिके। नियमित ‘स्केच’ बनाउन गुगल र युट्युबको सहयोग लिएका उनलाई ‘स्केच’ बनाउने तालिम केन्द्रहरूको ढोकामा पुग्नै परेन् ।

शिक्षण पेशामा रहेका बुबाको डाक्टर वा इन्जिनियर बनाउन काठमाण्डौ पढ्न पठाएका थिए। निरन्तर ‘स्केच’ बनाउन थालेपछि भट्टराईको चाहना मोडियो।ख्याल ख्यालैमा स्केच गर्दा राम्रो बन्न थालेपछि आफ्नै कारण अभिभावकको आकांक्षा पूरा नहुने भएपछि स्नातक तहमा ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बिसिए) मा भर्ना भए । पछिल्लो एकबर्ष व्यावसायिक ‘स्केच’ बनाउने पेशामा संलग्न छन् ।

स्केच अर्थात् कुनैपनि वस्तु या व्यक्तिको प्रतिरुप दुरुस्तै तयार पार्न सक्ने भट्टराईको भनाई छ।‘मलाई यो पेशामा धेरै आनन्द आउँछ,‘ब्यवसायीक रुपमै कमाइ हुन थालेको छ’ भट्टराईले भने । उनले दैनिक ७ घण्टासम्म इन्टरनेटको प्रयोग गरी विश्वका चर्चित आर्टिसहरूबाट सिकेको बताए । ‘अहिलेसम्म कलाको तालिम लिएको छैन्,‘ ख्याल ख्यालमै यो पेशामा प्रवेश गरे’ उनले भने ।

फोटोलाई चित्रमा उतार्न दैनिकजसो विभिन्न माध्यमबाट कोठामा अर्डर आउने गरेको बताए। विदेशमा रहेका चिनजानकाले पठाउने गरेको फोटोलाई आकृति उतारेर पठाउने गरेको बताए। सामाजिक सञ्जाल फेसबुकले समेत उनको पेशाको दायरालाई फराकिलो बनाइरहेको छ । ‘स्केच गर्न भ्याइ नभ्याइ छ,‘स्केच वास्तविकतामा आधारित हुन्छ’ उनले भने । विना तालिम आफ्नै मेहनतले स्केच बनाउन थालेपछि अभिभावक समेत मख्ख छन् ।

‘यो पेशामा सुन्दर भविस्य देखेको छु,‘रातको समयमा स्केच बनाउन सजिलो हुन्छ’ उनले अनुभव सुनाए । सुनसान, एकान्तमा बनाउने स्केचबाट सन्तुष्ट हुने गरेको भट्टराईले बताए । एउटा स्केचको १५ सय देखि ५ हजारसम्म लिने गरेका छन् । जोडीको स्केचलाई समय धेरै लाग्ने भएकाले महंगो हुने उनको भनाई छ ।

अहिलेसम्म करिव डेढसय स्केच बनाइसकेका छन् । पोल्याण्डको एउटा अर्डरमा ब्यस्त रहेका भट्टराईले विदेशमा कुरियरमार्फत पठाउँछन् । एउटा स्केच बनाउन ५ देखि १४ घण्टासम्म विताएको अनुभव भट्टराईसँग छ । जन्मदिनमा अन्य उपहारभन्दा स्केच बनाएर दिने चलनले बढेको उनले बताए । विभिन्न कलाकार तथा प्रख्यात व्यक्तिहरुको स्केच बनाएर उनले उपहार समेत पठाउने गरेका छन् ।

‘‘थ्रि डी’ आर्ट सिक्दै छु,‘यो पेशामा विश्वका लोकप्रिय चित्रकारहरूलाई इन्टरनेटबाट खोजी रहेको छु’ उनले भने । मानिसको नक्सा बनाउने यूवा भनेर समेत बोलाउने गरेको उनको भनाई छ ।स्केच बनाउँदा कागज, इरेजर, पेन्सिलको आवश्यकता पर्ने बताउँदै चुनौती र जटिलताहरूलाई मेहनतले लुकाउने बताए । सामाजिक सञ्जाल मार्फत अपलोड गर्न थालेपछि गृहजिल्ला म्याग्दीबाट समेत निरन्तर माग आइरहेको बताए ।

भविस्यमा लाइभ पेन्टिङ लगायत स्केच बनाउने रुची भएका यूवाहरुलाई तालिम लगायत आवश्यक सहयोग गर्ने योजना रहेको उनको भनाई छ । म्याग्दीमा पछिल्लो समय पेन्टिङ ब्यवसायमा यूवाहरूको सक्रियता बढिरहेको अवस्थामा उनले यूवा चित्रकारहरूको सहकार्य आवश्यक रहेको बताए । उनले मान्छेको बाहेक पर्यटकीयस्थल, मठमन्दिर लगायतका पेन्टिङ समेत गर्ने गरेका छन् । उनले चपली हाईट–३ मा स्केच चित्रकारको भूमिका निभाएका छन् ।

Leave a Reply