लोकतन्त्र र निर्वाचन एकअर्काका परिपुरक भएको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । सरकारलाई जनमुखी, उत्तरदायी र जवाफदेही बनाउने एउटै शक्तीशाली आधार भनेको निर्वाचन भएको बताउँदै निर्वाचनलाई भयरहित र तोकिएकै समयमा सम्पन्न गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताइएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले चौथो निर्वाचन दिवसको अवसरमा निर्वाचनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपालको निर्वाच नभयरहित वातावरणमा सम्पन्न हुन नसकेको बताइएको थियो । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।

नेकपाका अध्यक्ष एवम् संविधानसभा सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमाल, राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष बिरबहादुर थापा, राष्ट्रिय जनर्मोचा म्याग्दीका अध्यक्ष छवि विश्वकर्मा लगायत विभिन्न सरकारी कार्यालयमा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र निर्वाचन अधिकृत केदारनाथ पौडेलले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता प्रजिअ ढकाल, स्वागत तथा सञ्चालन निर्वाचत अधिकृत पौडेलले गर्नुभएको थियो । नेपालमा गएको चारबर्ष यता फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउँदै आइरहेको छ । दिवसको अवसरमा सोमबार जामुनाखर्क माध्यमिक विद्यालयमा ‘निर्वाचन र लोकतन्त्र’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । ‘स्वच्छ, स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र मितव्ययी निर्वाचन, शान्ति, स्थिरता,समृद्धि र सुशासन’ मूल नारा रहेको छ।

Leave a Reply