पर्वतको जलजला गाउँपालिकाको मल्लाजबाट खिचिएको आकाशमा उडिरहेका चील । सुन्दर नगरी बेनीबजार, वारीबेनी, आसपासका क्षेत्रमा देखिने ग्रामिण बस्ती, माथि हरियो वनजंगल, तलतर्फ सलल बगेको म्याग्दी र कालिगण्डकी खोलाले यहाँको दृष्य मनमोहक देखिन्छ । चिल एक किसिमको मांसाहारी चरा हो। यसले साना–साना जनावरहरूको शिकार गर्ने गर्दछ । पछिल्लो समय बेनी आसपासका आकाशमा निकै कम संख्यामा चिल उडेको देख्न सकिन्छ ।  बेनीबजार आसपासका फोहोर, खुल्लामञ्चमा रहेको भगवती मन्दिर, महारानीथानमा परेवा रातोपहिरोको फोहोर संकलन केन्द्र, बधशाल आसपासमा आहाराको खोजीमा फाटफुट भेटिने भएपनि दुर्लभ चराको रुपमा चिनिन्छ । चिलले आकाशबाट उडेर धेरे टाढा टाढासम्म आफ्नो सिकार देख्ने क्षमता राख्दछ। तस्वीर सौजन्य सुवोध श्रेष्ठ

Leave a Reply