बेनी नगरपालिका वडा नं ६ का मा समुदायको आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको छ । विभिन्न क्षेत्रलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरी विकासको मोडमा अलि देखिने खालका ठुला योजना सञ्चालन गरिने वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए । उनले वडाभित्रका सबैखाले समस्या समाधानका लागि निरन्तर सक्रिय रहेको बताए । बानियाँसँग व डाका विषयमा गरिएको छोटो कुराकानी…..

जनप्रतिनिधिको भएर कार्यभार सम्हाल्नुभएपछि वडामा के– के उल्लेखनीय काम गर्नुभयो ?
सर्वप्रथम, यहाँलाई यो अवसर दिनुभएकोमा धन्यवाद । जनप्रतिनिधी भएपछी वडास्तरमा धेरै कामहरु भएका छन् । बाटोघाटो, पिउने पानी, सामुदायिक भवन, बिद्युत ब्यबस्थापन, जलाधार संरक्षण, वरपिपल संरक्षण, मठमन्दिर निर्माण इत्यादी का साथै सेवाप्रवाह र मानविय क्षत्रमासमेत दत्तचित भएर लागिरहेका छौं । छरिएको बस्ती पहाडी भुगोल जनताको ठुला आकांक्षाको अगाडी सिमित स्रोत र साधनले गर्दा सोचेजस्तो कार्य हुन सकेका छैनन् । तरपनि मैले आफ्नो जिम्मेबारी अनुसार जनताको घरदैलोमै पुगेर सेवा प्रवाहलाई तिब्रता दिएको छु ।

योजनाहरूको अवस्था कस्तो छ त ?
यस आवको योजनाहरु यस बैशाष मसान्त अगावै ७५ प्रतिसत सम्पन्न भैसकेका हुनेछन् । वडाबाट विनियोजित बजेटमा स्थानीयको सहभागितालाई प्राथमिकता दिएकाले पनि समयमै योजना सम्पन्न गर्न सहज भएको छ । बाँकी योजनाहरु सकेसम्म जेष्ठ मसान्त भित्रमामा नै सम्पन्न गरिने लक्ष्य छ । असारे योजना अब रहने छैनन् । असारे विकासलाई वडाबाटै विस्थापित गर्ने गरी आगामी बजेटलाई समेत प्रभावकारी कार्यान्वयनको योजना बनाइसकेको छु । विकासमा जनताको सहभागिता हुन सकेमा समयमै सम्पन्न गर्न सहज हुन्छ ।

वडाको सिमाङ्कनले सेवाप्रवाहमा चुनौती कस्तो देख्नुभएको छ त ?
डाको सिमाङ्कनले सेवा प्रवाहमा चुनौतीहरु छन्, तरपनी अब हामीले अर्थुङ्गेलाई केन्द्र मानेर काम गर्दैछौ । वडा कार्यालय अर्थुङ्गे र सम्पर्क कार्यालय बेनीबाट सेवादिने अन्तिम तयारी गरिरहेका छौ ।

तपाईको वडाभित्रका एक्पाटे लगाएतका केही बस्तीमा खानेपानीको समस्या जटिल देखिन्छ, ब्यवस्थापनमा केही पहल गर्नुभएको छैन त ?
एक्पाटे लगायत केही क्षेत्रमा पानीको समस्या मुलको श्रोत नहुनुले गर्दा हो । बजेट छ तर पानीको श्रोत मुल छैन् । त्यसैले हामीले एक्पाटे लगायतलाई घोप्टेखोला र चिप्लेटी खानेपानी दुवै परियोजनाले जोड्ने योजनामा छौ । सायद यो आर्थिक बर्षमा केहि काम हुन्छहोला ।

वडामा के कस्ता समस्या देख्नुहुन्छ ?
वडामा छन समस्याहरु तर त्यही समस्याहरु बाट उठेर खडा हुने सोच र लक्ष्य लिनुपर्छ जस्तो लाग्छ वडाका मुल समस्या भनेको पिउने पानि व्यवस्थापन र विद्यालय व्यवस्थापन हो जस्तो लाग्छ नागरिकमा सामाजिक सोचको कमी हुनुपनि ठुलो समस्या हो ।

वडाभित्रका सामुदायिक विद्यालयको सुधारमा सक्रिय हुनुहुन्छ, थप योजना केही बनाउनुभएको छ त ?
सामुदायिक विद्यालयको क्षेत्रमा अलि ठुलो सोच बनाएको छु । हाम्रो वडामा रहेका सामुदायिक विद्यालयमा शिक्षाको नाममा अतिरिक्त शुल्क लाग्दैन् । अति विपन्न बालबालिकालाई समेत सहज शिक्षाको पहुँचमा ल्याउन आवश्यकता अनुसार ब्यक्तिगत तथा विभिन्न माध्यमबाट सहयोग समेत जुटाइरहेको छु । शान्तपूर्ण, सुरक्षित तथा सफा र सुन्दर वातावरणमा आधारभुत अवधारणा अनुसार सबैको शिक्षमा पहुँचको अनिर्वायतालाई लागु गर्ने अभियान लगाएत धेरै छन् । मेरै पहलमा सहज शिक्षा कोषमार्फत संकलन भएको आर्थिकलाई समेत विद्यार्थीको हितमै खर्च भइरहेको छ ।

आगामी आर्थिक बर्षमा तपाईको विकासको मोडेल कस्तो हुन्छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । आगामि योजनामा हाम्रो विकासको मोडमा अलि देखिने खालका ठुला योजना हुनेछन् । प्रस्तावना पत्र तयार गरी प्रदेश, संघ र बिभिन्न सहयोगी निकाय सम्म पुगेर पेश गर्ने योजना छ। स्थानिय तहको पनि योजना अली गरुङ्गो नै बनाउने काम हुँदैछ। आवश्यकताको आधारमै बजेट विनियोजन गरी पछाडी परेका समुदायको हकहितसँगै विकासमा जनताको सहभागीको मोडेललाई प्राथमिकता दिने छु। व डाभित्र असिमित आवश्यकता भएकाले पनि हरेक बर्ष प्राथमिकता दिएर योजना बनाएर कार्यान्वयनको चरणमा लैजाने गरी कार्ययोजना बनाएर अगाडी बढ्ने सोच छ ।

Leave a Reply