डा.अञ्जु थापा
म्याग्दीमा औषधि पसलले एकपटक दिएको एन्टिबायोटिक औषधि बिरामीले सधै प्रयोग गर्ने गरेको समेत भेटियो । सामान्य अवस्थामा पनि एन्टिबायोटिक औषधिको प्रयोगको नतिजा अहिले जटिल रोगका बिरामी भेटिएकोले पुष्टी हुन्छ। म्याग्दीका बिरामीहरुलाई जथाभावी औषधि बोकाएर नै दिर्घरोगी बनाउने अवस्था समेत देखिएको छ ।

चिकित्सकको सिफारिसमा मात्रै एन्टिबायोटिक औषधि बिक्री गर्न पाउने व्यवस्था छ । तर, डाक्टरको सिफारिसबिनै यस्ता औषधि निर्बाध रूपमा बिक्री भइरहेको छ, जसले गम्भीर स्वास्थ्य समस्या निम्तिने जोखिम बढाएको छ ।

चिकित्सकको सिफारिस बिना कुनै पनि औषधि बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ ।एन्टिबायोटिक जथाभाबी रूपमा सही मात्रामा प्रयोग नगर्दा यसले साइड इफेक्ट गर्ने मात्र नभई भविष्यमा एन्टिबायोटिकले शरीरमा कामै नगर्ने अवस्था आउन सक्छ ।एन्टिबायोटिकको अनुचित प्रयोगले कतिपय सङ्क्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् ’एन्टिबायोटिक रेजिस्टन्स’ विकास गरेको देखिन्छ ।

यस्तो अवस्थामा बिरामीहरु घरमै बसेर सामान्य औषधि खाए निको हुने टाइफोइडको बिरामीलाई बढी डोजसहित सुई दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने र कतिपय अवस्थामा मृगौला, मुटु र कलेजोमा असर गरेको देखिन्छ। घातक रोगहरु निको पार्न एउटा प्रभावकारी औजारको रुपमा हेरिएको ‘एन्टिबायोटिक्स’ औषधिहरुको जथाभावी प्रयोगले तिनको प्रतिरोधी क्षमता पनि विकास हुँदै गएको छ ।

जुन चिन्ताको बिषय हो।अबका दिनमा बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्थाले एन्टिबायोटिकको प्रयोग वैज्ञानिक र बिरामीको मूल्याङ्कन अनि आवश्यकताको आधारमा गर्नुपर्छ र जथाभावी प्रयोगलाई कडाइका साथ रोक्नुपर्ने म देख्छु । बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. थापासँग गरिएको कुराकानीको आधारमा

 

Leave a Reply