घलेम्दी हाइड्रो लिमिटेडले पौष १९ गतेदेखि आईपिओ निष्काशन गर्दैछ  । कम्पनीले १५ करोड ५५ लाख ७७ हजार रुपियाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीको आईपिओलाई रेटिंग एजेन्सीले ग्रेड ५ रेटिङ्ग दिएको छ । यसले कम्पनीको अवस्था तुलनात्मक रुपमा कमजोर रहेको जनाउँछ । शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका४ नारच्याङ् स्थित घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

आमलगानीकर्ता कम्पनीको वित्तीय अवस्था र आगामी योजनाबारे जान्न उत्सुक छन । कम्पनीले कहिलेदेखि शेयरधनीलाई प्रतिफल दिन्छ लगानीकर्ता र पाठकले जान्न चाहेका यी र यस्तै प्रश्नहरुलाई समेटेर बिजपाटी डटकमका लागि शिव धितालले घलेम्दी हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष किशोर सुवेदीसंग कुराकानी गरेका छनप्रस्तुत छ कुराकानीको सम्पादित अंश। 

पुस १९ देखि सर्वसाधारणलाई आइपीओ जारी गर्दै हुनुहुन्छघलेम्दीको शेयरमा लगानी किन गर्ने ?

घलेम्दी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । अबको डेढदेखि २ महिनाभित्र (२०७६ बैशाख १ गते व्यापारिक उत्पादन मिति तोकिएको) मा आयोजनाका सम्पूर्ण कामहरु सम्पन्न गरि परीक्षण उत्पादन सुरु गर्दैछौ । आयोजना नबन्लापछाडी धकेलिएर लागत बढ्ला भन्ने चिन्ता छैन । कम्पनीको समग्र वित्तीय अवस्था राम्रो छ । घलेम्दी खोलाको जलाधार क्षेत्रमा अन्नपूर्ण हिमाल भएकाले स्वच्छ पानी अविरल वगिरहन्छसुख्खा याममा पनि पानीको मात्रामा कमि नआउने हुनाले यसले राम्रो आम्दानी एवं राम्रो प्रतिफल दिन सक्ने हामीले ठानेका छौं । 

आयोजना पुरा गरिसक्नु पर्ने मिति त वितिसकेको रहेछलागत पनि बढेको छ । के कारणले होला ?

हामीले आयोजना सुरु गरेपछि भूकम्पनाकाबन्दी जस्ता सबै आयोजनाहरुले सामना गरेका कुराहरुको मारमा यस आयोजना पनि पर्नु त स्वाभाविक नै भयो । त्यसबाहेक पनि बैसरी भन्ने ठाउँको पहिरोले गर्दा महिनौसम्म आवश्यक सामानहरुस जस्तै सिमेन्टछड एवं खाद्यान्न लगायतका कुराहरु लैजान नसकेका कारणले गर्दा आयोजनाका कामहरु अगाडी बढाउन निकै गाह्रो भयो । २०७२ को भुकम्पका कारणले गर्दा हामीले पावरहाउस सार्नुपर्ने भयो जसका कारण आयोजनाको क्षमता समेत ४ मेगावाटवाट ५ मेगावाट हुन पुग्यो । कहिलेकाही नसोचेका कुराहरु पनि आयोजनाले भोग्नुपर्ने रहेछ जस्तै सुरुङ्ग वनाउने क्रममा आएको कमजोर जमिनका कारणले गर्दा हामीले त्यसको रेखांकन (Alignment) नै परिवर्तन समेत गर्नुपर्यो त्यसले गर्दा सुरुंग (Tunnel) को लम्वाई समेत वढ्न गयो । हामीले आयोजना लाई सुरक्षित बनाउन यसका संरचना (Structure) जस्तै ग्राभेल ट्रयाप (Gravel Trap), पानी थिग्र्याउने पोखरी (Desander), एप्रोच च्यानल (Approach Channel)लाई केहि भित्र सारेका थियौ जसले गर्दा इन्टेक (Intake) मा धेरै नै उत्खनन (Excavation) गर्नुपर्ने भयो । यी विविध कुराहरुको असर आयोजना निर्माणको समय र लागतमा पर्न गयो । साथै यस वीचमा बैंकको तरलतामा आएको समस्याले गर्दा ब्याजदर बढ्न गई त्यसबाट समेत केहि लागत बढ्न गएको छ । तर पनि अव छिटै नै आयोजना सम्पन्न हुने हुनाले हामीलाई धेरै आशावादी बनाएको छ ।

रेटिङ्ग एजेन्सीले ग्रेड ५’ रेटिंग दिएको रहेछतपाईको भनाई र तथ्य मिलेन नि ?

निर्माणधिन अवस्थामा कम्पनीको ट्रयाक रेकर्ड राम्रो देखिन गाह्रो हुन्छ । हामीसंग पर्याप्त हाइड्रोलोजीका डाटाहरु नहुनाले घलेम्दी खोलामा अत्यन्त राम्रो पानी भएको कुराको कन्भिन्सिंग आधारहरु पेश गर्न सकेनौ जसले गर्दा रेटिंग एजेन्सीले कम्जोर आधार जनाउने कम रेटिंग (रेटिंग ५) दिएको छ | घलेम्दी खोलाको जलाधार क्षेत्रमाअन्नपूर्ण हिमश्रृंखला परेको हुँदा पानीको बहाव अत्यन्त राम्रो भएकोले गर्दा हामीले हिउँदमा पनि राम्रो विजुली उत्पादन गर्न सक्छौअझै भन्नु पर्दा हामीले सम्झौता गरेको बिजुली भन्दा धेरै नै बढी दिनसकिने देखिएको हुँदा राम्रो आम्दानी गर्न सक्ने हामीले ठानेका छौ । त्यसैले हामीलाई लाग्छ,  हाम्रो यस आयोजना दिर्घकालिन रुपमा राम्रो प्रतिफल दिन सक्ने आयोजना हो । 

अहिले आइपीओ भर्नेले प्रतिफल कहिलेदेखि पाउँछन ?

हामीले आर्थिक बर्ष २०७७/७८ बाट लाभांश दिन सकिने ठानेका छौं । त्यतिबेला देखि सम्पूर्ण लगानीकर्ताहरु (सस्थापन एवं सर्वसाधरण) ले आफ्नो लगानीको प्रतिफल पाउनुहुनेछ ।

के कारणले आइपीओ भर्ने भन्दा तपाईको आफ्नो भनाई के हुन्छ ?

मलाई यहाँ लगायत सम्पूर्ण लगानिकर्ता एवं सम्भावित लगानीकर्तालाई हाम्रो आयोजनाका केही सवल पक्षहरुका बारेमा जानकारी गराउन मन लाग्यो । घलेम्दी खोलामा फागुन पछि तापक्रम बढ्ने हुँदा हिउँ पग्लिएर खोलाको बहाव बढ्न थाल्छ । हाम्रो क्षमता ५ मेगावाट भए पनि १० प्रतिशत थप क्षमता (Extra Capacity) भएको मेशिन (टर्वाइन र जेनेरेटर र सोहि अनुसारको अन्य उपकरण) जडान गरेका छौं | जसको उत्पादन विक्री भएमा त्यसले हाम्रो आम्दानी बढाउने छ । हामीलाई लागेको अर्को कुरा के हो भने हामीसंग कन्ट्रयाक्ट इनर्जीको ४० प्रतिशत थप युनिट उत्पादन गर्न सक्ने पानी खोलामा उपलब्ध छ । यस हिसावमा हामीले हिउँद महिनामा करिव २० लाख युनिट थप बिजुली उत्पादन गर्नेछौं ।

यो विद्युत खरिद बिक्री सम्झौता (PPA) मा उल्लेख गरिए भन्दा बाहिरको बिजुली होयसबाट थप आम्दानी हुन्छ । यसलाई प्रक्षेपित वित्तिय विवरणमा उल्लेख गरिएको छैन किनकी थप ईनर्जी (Excess Energy) को कुरा पहिले नै  सुनिश्चित नहुने हुँदा यसलाई सार्वजनिक नगरिएको हो । आमलगानीकर्तालाई थाहा भएकै कुरा हो की हिउँदमा हामीलाई विजुलीको साह्रै अभाव छ । त्यसैले उत्पादित बिजुली खपत नहुने कुरै रहदैन साथै यस समयमा विक्री गरिने बिजुलीको रेट समेत राम्रो भएकोले थप बिजुली उपलव्ध गराउन सक्ने पानी रहनु घलेम्दीमा लगानी गर्नुभएका लगानीकर्ता एवं भावि लगानिकर्ताका लागि अत्यन्त खुसीको कुरा हो ।

यस वाहेक हाम्रो आयोजनाका सम्पुर्ण संरचनाहरु ठुलो चट्टान (Bed Rock) मै अवस्थित छन् जुन अत्यन्त सुरक्षित मानिन्छ । त्यस्तैईन्टेक (Intake)देखि सर्जट्याङ्क (Surge Tank)सम्म सुरुङ्गमार्गबाट पानी ल्याईने हुँदा बाढी पहिरोको जोखिम रहदैन । ट्रान्समिसन लाईनको दुरी कम भएकोले ट्रान्समिसन लाईनको कारण विद्युत शक्तिमा ह्रास (Technical Loss) कम आउने देखिन्छ । त्यस्तै खोलाको पानी अन्य काम (सिंचाई, पेयजल) को लागि उपयोगमा नरहेकोले मापदण्ड अनुसार खोलामा छाड्नुपर्ने जति छाडेर सम्पूर्ण पानी उपयोग गर्न पाईने हुन्छ । छिट्टै व्याजदर घट्ने सम्भावना समेत भएकोले व्याज खर्च हामीले प्रक्षेपण गरेको भन्दा कम हुन सक्छ ।

हामीले आईपिओबाट उठेको रकमलाई बैंकको ऋण तिर्न प्रयोग गर्नेछौ । जसवाट व्याज खर्चमा जाने रकम केही बचत हुन्छयसले कम्पनीको वित्तिय स्थितिलाई थप मजवुत बनाउने छ । यसबाट लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने कुरामा बिश्वस्त भई हामीले लगानी गरेका छौंसाथीभाई ईष्टमित्र सबैबाट रकम जुटाई आजको दिनमा अन्तिम चरणमा पुर्याएका छौं । हाम्रो लगानीले देशको उर्जा संकट समाधानका लागि केही योगदान पुर्याउनेछ भन्ने हामीले ठानेका छौं । त्यसैले म सम्पूर्ण ईच्छुक लगानीकर्ताहरुलाई यस आयोजनामा ढुक्क भई लगानी गर्न अनुरोध गर्दछु । Copyright:बिजपाटी डटकम