छिमेकी जिल्ला बागलुङमा अवस्थित सर्वसिद्धिधाम पञ्चकोट ।नगरपालिका–८, पञ्चकोट पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्संकल्पमा १०८ फिट अग्लो विश्वशान्ति कलश तथा ५,५५५ किलोको महाघन्ट निर्माण गर्ने उद्देश्यका साथ आर्कषक पूर्वाधार निर्माण भइरहेको छ ।

कलाकृतियुक्त धार्मिक संरचना निर्माण गरी धौलागिरिलाई नै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्ने लक्ष्यका साथ भौतिक निर्माण कार्य तीव्र पारेको छ । पञ्चकोटबाट म्याग्दीको धौलागिरी हिमाल सहित आसपासका क्षेत्र समेत प्रष्छ देखिन्छ । पञ्चकोट हुदै म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा समेत पर्यटकको आगमन बढ्ने अनुमान गरिएको छ । समग्र धौलागिरिलाई नै पर्यटकीय गन्तव्य बनाउने उद्देश्य लिएर धमाधम भौतिक संरचना निर्माणले तिब्रता पाएको छ । तस्वीर सौजन्य राजेशचन्द्रराज भण्डारी