अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउ५न् त कसैले दुध चिया मनपराउँछन् ।

अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः

मधुमेह
उच्च कोलेस्ट्रोल
मृगौलाको पत्थरी
फोक्सोको क्यान्सर