दर्शक स्रोताको आलोचना विच उखान युद्ध ब्याटलले दर्शक भने राम्रो बटुल्न सफल भएको छ । गायक तगा सर्जक नकुल ढकाल नविनले सिर्जना गरेको सो गितलाई छोटो समयमै धेरैले हेर्नुभएको छ । यो समाचार तयार पार्दा सम्म गितले ३ लाख ७२ हजार ४२० भन्दा धेरै दर्शक बनाएको छ भने गितले मिश्रित प्रतिक्रिया पाएको छ । यस अगाडी सार्वजनिक भएको प्रकाश सपुतको दोहोरी ब्याटल गित संग मिल्दो जुल्दो गित भएको भन्दै धेरैले प्रतिक्रिया दिएका छन ।

नकुल ढकाल नविन,प्रिति आले,रितु ब्रोकन र रामु विहरीको आवाज रहेको सो गितको शब्द तर्फको पाटो भने निकै उत्कृष्ट रहेको छ । गितमा उखानै उखानलाई जोडेर गितका शब्द तयार पारिएको छ जुन कठिन काम मानिन्छ ।गितलाई नकुलले शब्द सिर्जना गरेका हुन भने विष्णु शर्माले लय सिर्जना गरेका हुन । प्रिति आले र नकुल ढकालको अभिनय समेत रहेको सो गित यस्तो छ