सन्तोष गौतम|
म्याग्दी ४ फागुन । ग्रामिण क्षेत्रमा बजार केन्द्र स्थापना भएपछि स्थानिय उद्यमीहरू लाभान्वित भएका छन् ।

केन्द्रमार्फ उद्यमीहरूका उत्पादनलाई बजारसम्म पुर्‍याईने गरिन्छ । गैहृसरकारी संस्था संगम म्याग्दी मार्फ पाँच बर्षघिदेखि लागू गरिएको लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा केन्द्र स्थापना भएपछि उद्यमीका उत्पादनले बजार पाएका छन् । कुल ४१ मध्ये २४ वटा गाविसमा लद्युउद्यम विकास कार्यक्रम लागू भएको छ ।

कार्यक्रमको सहयोगमा जिल्लाको दरबाङ, दाना, गलेश्वर लगायत स्थानमा १० वटा बजार केन्द्र स्थापना भएका छन् । स्थानिय उद्यमीहरूले उत्पादन गरेका सामाग्रीहरू बजार केन्द्रमार्फ बिक्री गरिदै आएको गलेश्वर केन्द्रका अध्यक्ष रुद्र शर्माले जानकारी दिनुभयो । उद्यमीहरूले आफुलाई पायक पर्ने बजार केन्द्रमा आफ्ना उत्पादन पुर्‍याउने गरेका छन् । ब्यापारीहरू सामान खोज्दै केन्द्रमा पुग्छन् । ‘उत्पादीत सामान बोकेर बजार खोज्दै गाउँ सहर खोज्दै हिँड्नुपर्ने समस्या हटेको छ ।’अध्यक्ष शर्मा भन्नुहुन्छ ‘पहिले उत्पादनले बजार नपाएर निराश भएका उद्यमीहरूमा उत्साह छाएको छ ।’

स्थानिय स्तरमा उत्पादित बाँस र निगालाका डोका, डाला, काठका हलो, जुवा जस्ता घरायसी र कृषी सामाग्री, भेडाको उनबाट निर्मीत काम्लो, राडी, पाखी, गलैचा, हरदुब्लो, सुन्तलाको जुस, र्सवत, आरुबखडाको जाम, लालिगुरासको जुस, सिस्नुको धुलो, अदुवाको क्याण्डी लगायत सामाग्रीहरू बजार केन्द्रमार्फ बिक्री हुने गरेको छ । अल्लो पुवाबाट निर्मीत धागो, झोला, गलबन्दी, नोटबुक, नेपाली कागजको समेत केन्द्रले बजारीकण गर्ने गरेको छ ।  केन्द्रमा आवद्ध उद्यमीहरू एकआपसमा सिप र ज्ञानको आदान प्रदान समेत गर्ने गरेको बताउँछन् । एउटा केन्द्रमा एक सय ८६ जना उद्यमीहरू सहभागी भएको संगम म्याग्दीका सदस्य दिपक सुवेदीले जानकारी दिनुभयो ।

केन्द्र स्थापना भएपछि आफु सँग भएको सिप र क्षमताको सदुपयोग गरि स्वरोजगार भई राम्रो आम्दानी गर्न थालेको उद्यमी भिमा वुद्धिजा बताउनुहुन्छ । थोरै लगानिमा सुरू गरेको लद्युउद्यमबाट एक बर्षा रू. ६० हजार बचत गर्न सफल भएको राखुपिप्लेका जितबहादुर खत्रीले जानकारी दिनुभएको । उद्यमीहरूले बाषिर्क न्युनतम रू. ५० हजार देखि रू.चार लाख सम्म बाषिर्क कमाई गर्ने गरेको बताउँछन् ।

स्थानिय स्तरमा उत्पादीत सामाग्रीहरू जिल्ला सदरमुका बेनी, बागलुङ, कुश्मा, पोखरा र काठमाडौमा निर्यात हुने गरेको संगम म्याग्दीले जनाएको छ । संगम म्याग्दीका सदस्य सुवेदीका अनुसार केही बर्षता उद्यमीहरूद्घारा निर्मीत सामाग्री जापान र अमेरीकामा समेत निर्यात हुन थालेको छ ।