म्याग्दीको अर्मन गाविस पिपलबोट स्थायी घरभई हाल काठमाण्डौमा रहेकी एक बालिकाको आफ्नो ५ औं वर्ष प्रवेशको अवसरमा जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रलाई सहयोग गरेकी छन् । बिहिबार ओमकुमारी शान्ति कोष मार्फत आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सघाउने उदेश्यले चाहना क्षेत्री मार्फत ५ हजार ५ सय ५५ आर्थिक सहयोग गरिएको हो । नीर बहादुर क्षेत्री र माया क्षेत्रीले छोरी चाहनाको जन्मदिनमा पवित्रकार्यमा सहयोग गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

म्याग्दी जिल्लामा आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका सहित विपद्मा सहयोग जुटाइरहेको कोषको अभियानमा छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको बताउँदै सहयोग रकम सानो भएपनि उपचारमा सहयोग पुग्ने अभिभावकले बताएका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा सहयोग भइरहेको छ ।

जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाउने गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान अन्र्तरगत ब्यक्तिगत सहयोगलाई सोही कार्यमा सहयोग गरिने बताए ।