अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देली बिचको एकता र सहकार्यका लागि संस्थागत रुपमा सहभागिता आवश्यक रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारण सभाको अवसरमा बोल्ने बक्ताले जन्मभूमि नेपाल तथा कर्मभुमीमा हुने विभिन्न गतिविधिमा म्याग्देलीको सहभागिता परिणामुखी हुने बताइएको थियो ।

म्याग्दी समाज न्युर्योकका अध्यक्ष रमेश तुलाचनको अध्यक्षता तथा संस्थाका उपाध्यक्षय सोम बुढाथोकीको स्वागत मन्तब्य भएको साधारणभामा समाजका वरिष्ठ सल्लाहकार मन रोकाले म्याग्देलीको रचनात्मक कार्यहरुलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा मगर संघ अमेरिकाका अध्यक्ष एवम् समाजका बरिष्ठ उपाध्यक्ष याम पुन, सल्लाहकार तथा संरक्षक भविन शेरपुन्जा, समाजसेवी क्याप्टेन कर्णबहादुर रोका, नेपाल सरकारका अवकाश प्राप्त प्रहरीका एसपी दान बहादुर मल्लले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभाको सञ्चालन महासचिव चयन्द्र बहादुर थापा ( प्रकाश )ले गरेका थिए। साधारणसभामा सांगठनीक प्रतिवेदन संस्थाका महासचिव थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तिर्थ घर्तीले प्रस्तुत गरेका थिए । साधारणसभामा अध्यक्ष तुलाचनले संस्थामार्फत भइरहेका कार्यहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Leave a Reply