मंगला गाउँपालिका-२, लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पस स्ववियूले म्याग्दी जिल्ला प्रदेश ख स्तरीय मावि तह छात्र भलिबल प्रतियोगिताको आयोजना गरेको छ । ‘स्वस्थ विद्यार्थीका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आगामी जेठ १८ गतेदेखि खेल सुरु हुने स्ववियू सचिव रविन शाहीले बताए । उनले पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका भित्रमा विद्यालयस्तरमा रहेको भलिबल प्रतिभाको पहिचानसँगै विद्यार्थीसँगको सहकार्यलाई बलियो बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

मंगला शिक्षा क्याम्पसभित्र विद्यार्थीको हकहितमा केन्द्रित भएर विभिन्न कार्यक्रम गदैं आएको स्ववियूले खेलकुदमार्फत रचनात्मक कार्य गर्ने गरी प्रतियोगिता गरेको सभापति भिममायाँ रोकाले बताइन । प्रतियोगितामा प्रथम, द्धितियलाई क्रमश २५ हजार र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ। मंगला शिक्षा क्याम्पस स्ववियूले क्याम्पस प्रांगणमा बृक्षारोपण, क्षमता विकास तालिम सहित विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Reply