म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले स्वर्गीय तारा रोकाको सन्तानको शिक्षादीक्षामा साढे २ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । म्याग्दी मालिका गाउँपालिका–६,दुखु बेसी निवासी रोकाको ब्रेन ट्युमरको कारण उपचारको क्रममा निधन भएपछि मोना कोरियाले दुई लाख ५२ हजार ५७ रुपैैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम मोना आईईसीका संरक्षक सुवास कुमार श्रेष्ठद्धारा स्वर्गीय रोकाकी श्रीमान चकबहादुर रोका मगरलाई हस्तान्तरण गर्नुभयो । मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले उपचारको क्रममा निधन भएपछि सहयोग जुटाएर छोराछोरीको शिक्षादीक्षामा सहयोग गरिएको बताउनुभयो । उक्त सहयोग स्वर्गीय रोकाको छोरीको नाममा बैंकमा मुद्धती राखिएको मोना सचिवालयकी स्मृति सुबेदीले जानकारी दिनुभयो ।

Leave a Reply