म्याग्दीको बेनी नगरपालिका–४,बास्कुनाका कृषक तिलक गुरुङ उत्कृष्ट सुन्तला कृषक राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय फलफु्ल विकास बागवानी केन्द्र किर्तिपूरले नेपालको मध्यपहाडी क्षेत्रमा सुन्तला खेतीमा उल्लेखनीय काम गरेबापत कृषक गुरुङलाई सम्मान गरेको हो ।

केन्द्रद्धारा अयाोजित सम्मान कार्यक्रममा कृषि तथा पशुपन्छी विकाश मन्त्री ज्वाला कुमारी साह, महानिर्देशक डा.हरिबहादुर केसी, केन्द्र प्रमुख डा. शान्त कार्कीले नगद १० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो।

२३ बर्षदेखि कृषि क्षेत्रमा सक्रिय गुरूङले सुन्तला खेती प्रर्बधनका लागि पु¥याएको योगदानको समेत पं्रशसा गरिएको थियो। बैदेशिक रोजगारीबाट फर्किएर १ सय बोटबाट सुन्तला खेती सुरू गर्नुभएका गुरुङले अहिले ५ सय बोटबाट १४ लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ ।सुन्तलासँगै कृषक गुरुङले दैनिक ९० लिटर दुध बिक्री गर्नुहुन्छ।

बास्कुना क्षेत्रलाई एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान सञ्चालन गर्नुभएका कृषक गुरुङले तरकारी खेती समेत गर्नुभएको छ । ‘राष्ट्रिय सम्मानले उत्साहित भएको छु, मैले कृषिकर्ममा लागेपछि प्राप्त गरेको ठूलो पुरस्कार हो’ कृषक गुरुङले भन्नुभयो ।उहाँले कृषकर्मलाई थप फराकिलो बनाउने लक्ष्यमा पुरस्कारले समेत थप उर्जा थपेको बताउनुभयो । बास्कुना सुन्तला र दुग्ध उत्पादनको क्षेत्रमा जिल्लाकै नमुना गाउँ मानिन्छ ।

Leave a Reply