बेनी नगरपालिका–९ नेप्टेचौरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सर्वसम्मतले गठन भएको छ ।

यामबहादुर चोखालको अध्यक्षता विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र फौजबहादुर चोखालको अध्यक्षतामा ११ सदस्यि शिक्षक अभिभावक संघ सर्वसम्मतिले निर्वाचित गरिएको हो ।

बेनी नगरपालिकाका शिक्षा शाखाका कमल प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व विद्यालयका अध्यक्षहरुका उदकबहादुर चोखाल, दिलबहादुर चोखाल,सम्मर बहादुर चोखाल,त्रिविक्रम सुबेदी,सुरतबहादुर खड्का,बेलबहादुर चोखाल र कमल चोखाललाई आफ्नो कार्यकालमा गरेको सेवाको उच्च मुल्याङ्कन गर्दे प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

विद्यालयको मावि स्थापनाकालदेखि हाल सम्म सेवारत शिक्षकहरु शंकर चोखाल ,रामचन्द्र पौडेल, विजय चोखाल,विष्णु बानियाँ,रश्मी खड्कालाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालयले जनाएको छ । सोही अवसरमा अर्को विद्यालयमा नियुक्ति लिएर जानुभएका राजन बानियाँ र मिना शर्मालाई विशेष सम्मान समेत गरिएको विद्यालयका शिक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा दोस्रो कार्यकालमा लागि विब्यस अध्यक्षमा चयन चोखाल,पुर्व विव्यस अध्यक्षतथा वडा नं ९ का पुर्व अध्यक्ष बेलबहादुर चोखालले विद्यालयको गुणस्तर वृद्धि गर्न अंग्रेजिमाध्यममा समेत अध्यापन गराउनु पर्ने , अभिभावक अझै सक्रिय रहनु पर्ने बताउनुभएको थियो ।

प्रमुख अतिथि शिक्षा अधिकृत ढकालले ग्रामिण क्षेत्रमा विद्यार्थी घट्दै गइरहेकोले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने र भर्ना अभियानलाई प्रभावकारी बनाउन जोड दिनुभयो । विद्यालयकी प्रधानध्यापक तारा चोखालले स्रोतसाधनको अभावका कारण पनि विद्यालयलाई सबैको साथ र सहयोगमा निरन्तर अब्बल बनाउने प्रयासमा रहेको बताउनुभएको थियो ।

Leave a Reply