म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जाका अम्मर छन्त्याल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ । संयुक्त राज्य अमेरिकामा हरेक वर्ष अरूलाई मद्दत गर्ने स्वयंसेवकहरूलाई सम्मान गर्न स्थापित राष्ट्रपति स्वयंसेवी सेवा पुरस्कार अन्तरगत अमेरिकामा समाजसेवाको क्षेत्रमा न्यूनतम ४ हजार घण्टा काम गर्नेबापत छन्त्याल सम्मानित हुनुभएको हो ।

बि.स २०५२ सालदेखि अमेरिकामा रहनुभएका छन्त्यालले ब्यवसायसँगै सामाजिक, मानवीय सेवा, धार्मिक प्रर्बधनको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । म्याग्दी समाज अमेरिकाको पूर्व अध्यक्ष तथा एनआरएनए, विभिन्न नेपाली संघसंस्थामा आवद्ध छन्त्यालले राष्ट्रपतिद्वारा प्रदान गरिएको एक नागरिक पुरस्कारबाट सम्मानित भएकोमा उत्साहित भएको बताउनुभयो ।

‘समाजसेवामा लागेपछि सम्मानको आश हुदैछ, यो सम्मान पाएपछि भने मलाई उर्जा थपिएको छ’ छन्त्यालले भन्नुभयो । तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुशद्वारा सन् २००२ मा कार्यकारी आदेशद्वारा स्थापित, पुरस्कार सेवा र नागरिक सहभागितामा राष्ट्रपति काउन्सिल मार्फत प्रदान गर्ने गरिन्छ ।

यो पुरस्कारमा व्यक्तिगत र पारिवारिक र चार पुरस्कार स्तरहरू कांस्य, रजत, सुन र लाइफटाइम पर्छ । राष्ट्रपति बिडेनले व्यक्तिगत प्रमाणपत्र, आधिकारिक पिन, मेडलजारी गरेको बधाई पत्र उपलब्ध हुन्छ।

मोना अन्तराष्ट्रियका निर्वतमान अध्यक्ष समेत रहनुभएका छन्त्यालले म्याग्दीमा विपन्न समुदायमा हुर्किएकी मंगला गाउँपालिका–५ पुलचोकमा बस्ने रिकजना भोटेको खेलकुद र शिक्षाका लागि समेत उच्च शिक्षासम्म सहयोगको प्रतिबद्धता सहित गतबर्ष २५ हजार सहयोग गनर््ुभएको थियो ।

 

Leave a Reply