गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत्र १४ गते बसेको संचालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ बर्षको लागि उपाध्ययलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन / प्राध्यापन पेशामा संलग्न थिए।

हाल बैंकका सीइओ रहेका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र ३० गते समाप्त हुने भएको हुँदा वैशाख १ गतेदेखि लागु हुने गरि बैंकले उपाध्ययलाई सीइओ नियुक्त गरेको हो।

Leave a Reply