म्याग्दी जेसिजको आयोजनामा बहुशाखा तालिम तथा फेलोसिप कार्यक्रम शनिवार सम्पन्न भएको छ । बेनी नगरपालिका वडा नम्वर ४ स्थित हरियाली समुहको सभाहलमा आयोजित कार्यक्रममा म्याग्दी, बाग्लुङ र पर्वत जेसिज गरि ३ वटा शाखाबाट ५० जना जेसिज सदस्यहरुको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन गर्नुहुँदै बाग्लुङ जेसिजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठले युुवाहरको क्षमता विकासका निम्ती म्याग्दी जेसिजले रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि युवाहरुको अहम भूमिका हुने भएकाले जेसिजका युवाहरु सामाजिक गतिविधिहरुमा सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष तथा बेनि नगरपालिका–७, का वडा अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ र म्याग्दी जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

तालिममा पोखरा जेसिजका पुर्व अध्यक्ष सिनेटर किरण केसिले प्रोजेक्ट म्यानेजमेन्ट बिषयमा प्रशिक्षण दिनुभएको थियो । म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले तालिमबाट जेसिजले संचालन गर्ने कार्यक्रमहरुमा प्रस्तावना लेखन र प्रतिबेदन लेखनमा क्षमता बिकास हुने र संस्था ले अन्य संस्थाहरु सँग सहकार्य गरि कार्यक्रम गर्न सजिलो हुने बताउनुभयो ।

म्याग्दी जेसिजका महासचिव सज्जन श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिजका कार्यकारिणी उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो । यो कार्यक्रम २००७ सालबाट निरन्तर आयोजना हुँदै आएको म्याग्दी जेसिजले जनाएको छ ।

Leave a Reply