बेनी नगरपालिका-४,सिंगास्थित म्याग्दी नदीमा भेटिएको पुरूषको बेवारिसे लासको पहिचान खुलेको छ । म्याग्दी नदीको छेउमा बेवारिसे अवस्थामा भेटिएको शव मंगला गाउँपालिका-१ कुहुँका १९ बर्षिय सुजन विकको रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार दिउँसो स्थानीयले शब देखेपछि तातोपानी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । शबको पहिचानमा समस्या भएपछि प्रहरीले बेवारिसे अवस्थाको सूचना जारी गरेपछि मृतकका आफन्तहरु लिएर वडा अध्यक्ष एकजित रोका बेनी आउनुभएको थियो ।

मृतक विक शनिबार विहानै घरबाट निस्किएर हिडेको बताइएको छ ।केही महिनादेखि मानसिक समस्याबाट ग्रसित भएका विकलाई स्थानीय यूवाले शुक्रबार मात्रै छिमेकी रघुगंगा गापा-५ झिँबाट घरमा ल्याएर छोडेका थिए । शनिबार विहानै घरबाट कसैलाई जानकारी नदिई निस्किएका विकको सनाखतपछि पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।

‘ख’ बर्गको अपाङ्घता परिचय पत्रको सुविधा लिइरहेका विक दुर्घटना वा खोलामा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पिडित पक्षबाट जायरीपछि मात्रै पोष्टमार्टम सहितका अन्य कानुनी प्रक्रियालाई अगाडी बढाउने जनाएको छ ।

 

Leave a Reply