मानवमा भएको इमान्दारीता, प्रेम, निप्पक्षता, सहयोगीपन जस्ता गुणहरू नै मानवीय मूल्य भएको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । लायन्स क्लव अफ बेनी पिस सिटीले न्यु वेष्ट प्वाइन्ट आवासीय माविमा आयोजित नैतिक मूल्य मान्यतासम्बन्धी कार्यक्रममा समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको अवस्थामा सामाजमा सामाजिक सचेतनाको प्रवर्द्धन गर्न आवश्यक रहेको बताइएको थियो ।

कार्यक्रमका प्रशिक्षक लायन्स क्लव अफ पिस सिटीका पूर्व अध्यक्ष खम थापा मगरले असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रणमा सबैको सक्रियता आवश्यकता रहेको बताए । समाजको मूल्यमान्यता र व्यवहारबाट नै मानविय मूल्य निर्धारणा हुने भएकाले नैतिक मुल्यमान्यताका बारेमा कलिलै अवस्थामा जानकारी हुनुपर्ने बताइएको थियो ।

नैतिक मूल्य मान्यतासम्बन्धी तालिममा नागरिकलाई नैतिकवान बनाउने, दैनिक सञ्चालन गर्ने गतिविधी, आनीबानीका बारेमा जानकारी लिने, असल नागरिक कसरी बन्ने बारे लगायतका बारेमा प्रशिक्षण दिइएको थियो । जिवनका दैनिक प्रयोग हुने तर ख्याल नगरिएको सानासाना कुराहरु सिकाउने, आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकरा हनन् हुन नदिने, सरसफाई लगायका विषयमा प्रशिक्षण केन्द्रित गरिएको थियो । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सन्दिप खत्री, सञ्चालन सचिव दुर्गा बुढामगरले गरेका थिए । उक्त कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।

Leave a Reply