धूपबाट निस्कने धुवाँले फोक्सो र श्वासनलीमा गम्भीर असर गर्ने सचेतनामुलक जानकारी सहित म्याग्दीका एकल महिलालाई धूप बनाउने तालिम सञ्चालन गरिएको छ । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्रले बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी शिवालय मन्दिरमा एकल महिलाको आयर्आजन र दैनिक पूजापाठ, मन्दिरमा प्रयोग गरिने धूप बनाउने तीन दिने तालिमको उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभयो ।

एकल महिला, केही विद्यार्थीको समेत सहभागिता रहेको तालिममा बोल्दै प्रमुख अतिथि लामिछानेले महिलाको आयआर्जनमा तालिम तथा आवश्यकता अनुसार उत्पादनलाई समेत बजारीकरणमा सघाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले हानिकारक धुवाँबाट जोगिन अर्गानिक धूपको प्रयोगमा वडाबासीलाई सघाउने बताउनुभयो । उहाँले धार्मिकस्थलमा नियमित प्रयोग गरी यसको महत्वका बारेमा समेत जानकारी दिनुपर्नेमा जोड दिनुभयो । तालिममा २२ जनाको सहभागिता रहेको छ ।

घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो । तालिमको अध्यक्षता केन्द्रकी अध्यक्ष देवी केसी र सञ्चालन सचिव हिरा उपाध्यायले गर्नुभएको थियो । तालिम बिहिबार समापन गरिने छ ।

तालिममा सहभागी एकल महिलाले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । बजारमा पाइने विभिन्न बाँस्नाका धूपबाट निस्कने सिन्के थुपको धुवाँ, लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउने एक अनुसन्धानले देखाएको छ ।

 

Leave a Reply