गत साता म्याग्दीको बेनी नगरपालिका-८,क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको ज्यान गयो । हात,पेट र छातीमा प्रहारले रक्ताम्य भएका सुशिलालाई अस्पताल पु¥याउनेबित्तिकै ज्यान गयो । दुई समूहको दुस्मनीले एउटा परिवारको खुसी मात्रै लुटिएको छैन घटनामा संलग्नहरुको बाँकी सुन्दर अनि अमूल्य जीवन कानुनी कारवाही मै बित्छ ।

ज्यान गुमाउने यूवाको परिवारका सदस्यको आँखा अझै ओभाएको छैन, न्यायका लागि पनि याचना गरिरहेका छन् । पीडित परिवारको पीडि र न्यायका लागि गरेको याचनामा केही शब्द खर्चिदाँ अपुग हुन्छ । बेनीबजारमा कुलतमा फसेका किशोरले जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउँदा मानवीय दुर्घटना हुने गरेको छ । किशोरले क्षणिक रिसलाई नियन्त्रण गर्न नसक्दा आफ्नो अमूल्य जीवनलाई नै डु्वाइरहेका छन् ।

बेनीको घटनामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । अभियुक्तमध्ये नियन्त्रणमा रहेकालाई पहिलोपटक ५ दिन र शुक्रबार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनामा संलग्न दुबै पक्षका यूवा समुहभित्र आवद्ध रहेकामध्ये धेरै कुलतको साहरामा रमाइरहेका यूवाहरू समेत रहेको प्रारम्भीक अनुसन्धानमा देखिन्छ । घटनामा संलग्न मध्ये केही यसअगाडी समेत कुलत र झगडाको कारण प्रहरीको हिरासतमा समेत बसेर फर्किएका थिए ।

लडाइँ र भिडन्तदेखि नडराउने बानीले दुर्व्यसनमा फसेरै बनेको छ । बेनीबजारमा कुलतमा फस्ने किशोरकिशोरीको संख्या ह्वात्तै बढेको छ । म्याग्दीमा घटेका अधिकांस घटनामा संलग्नहरूमध्ये धेरै कुलतमा फसेकाहरु नै छन् ।

म्याग्दी प्रहरीको तथ्याङ्क हेर्दा आव २०७९÷०८० मा ६.५ ग्राम लागूऔषध खैरो हिरोईन, डाईजेपाम २३४ एम्पुल, फेनारागन २३५ एम्पुल र नुर्फिन २३४ एम्पुल ३ केजी ४० ग्राम गाँजासँगै १२ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘दुर्व्यसनीमा फसेकाहरूले परिवारलाई पनि आजित बनाएका छन, अपराधिक घटना नियन्त्रण गर्न कुलतमुक्त समाज बनाउनुपर्छ’प्रनाउ कुँवरले भने । उनका अनुसार यो आवको ६ महिनामा लागुऔषध र लागुपदार्थ सहित ५ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको छ ।

ग्रामिण र सहरी क्षेत्रमा मदिरा सेवनकर्ताहरूबाटै धेरै हिंसाका घटना हुने गरेको छ । प्रहरीका अनुसार महिला हिसा, यौनजन्य र अन्य घरेलु हिंसाजन्य घटनाका करिब ७० प्रतिशतको हाराहारीमा मदिरा र कुलतमा फसेकाहरु नै संलग्न छन् ।

जिल्लाको ग्रामिण क्षेत्रबाट गाँजापछि धेरै प्रयोग हुने हानिकारक लागुऔषध अफिम, सिरिन्जबाट लागुऔषध लिनेको संख्या बेनीबजार आसपासमा अनुमान गरेभन्दा धेरै छन्। लागुऔषध प्रयोगकर्ता र कारोबारीेले डाइजापाम, नुफिन, लोकोजेसिक, एभिल फेनारगन, नाईट्राजेपाम ट्याब्लेटजस्ता औषधिजन्य लागुऔषध मिसाएर दैनिक प्रयोग गरेको प्रहरीको अनुसन्धानमा बयान दिने गरेका छन् ।

धुलोको तुलनामा सस्तो हुने भएकाले सुईबाट लिने प्रयोगकर्ता बढेको दुब्र्यसनीहरूले नै खुलेआम बताउँछन् । म्याग्दीमा स्कुले विद्यार्थी कुलतमा फसेपछि पढाई नै छोडेर अपराधिक गतिविधिमा लाग्ने गरेका छन् । लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ।

बेनीबजारमा कलिला बालक समेत चोरीमा संलग्न समेत कुलतमा रमाउने गरेका छन् ।लागुऔषध प्रयोग गर्ने प्रयोगकर्ताहरुले घरलाई नर्क जस्तो बनाएको बताएका छन् धनसम्पती धेरै भएको अभिभावक र गरिबीकै कारण बेवास्ता गर्दा सन्तान कुलतमा फसेर देखिन्छ ।

आफ्नो सन्तान कुलतमा लागेको थाहा पाउने अभिभावकले समेत समाजसँग आफ्नो छोराछोरी सही बाटोमा रहेको तर्क गदैं बचाउ गर्ने, अपराधिक घटनामा संलग्न भएको अवस्थामा विभिन्न पहुँच देखाएर अनुसन्धानमा समेत बाधा पु¥याउन खोज्दा झनै मनोबल बढेको अनुसन्धानमा संलग्नहरुको भनाई छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले अपराधिक घटना न्यूनिकरण सहितका अभियानमा जिल्लाका सर्वदलिय र सर्वपक्षीय भेलाबाट समेत सबै क्षेत्रमा सचेतनामुलक अभियान सहित जोखिमको पहिचान गरी समयमै सतर्कता अपनाउनुपर्नेमा जोड दिए। लागुऔषध प्रयोग गर्ने प्रयोगकर्ताहरुले घरलाई नर्क जस्तो बनाएको बताएका छन् धनसम्पती धेरै भएको अभिभावक र गरिबीकै कारण बेवास्ता गर्दा सन्तान कुलतमा फसेर देखिन्छ ।

आफ्नो सन्तान कुलतमा लागेको थाहा पाउने अभिभावकले समेत समाजसँग आफ्नो छोराछोरी सही बाटोमा रहेको तर्क गदैं बचाउ गर्छन् । अपराधिक गतिविधिलाई रोक्न कुलतमा फसेकाहरुको पहिचान गरी उचित उपचार तथा परार्मशको आवश्यकता छ । युवा शक्ति त्यो शक्ति जसले सिर्जनशील भूमिकाको माध्यमबाट पनि दुब्र्यसनी कम गर्न सकिन्छ । युवाहरू दुर्वसनमा फस्दा घरपरिवार समाजलाई धेरै घाटा भएको छ ।

लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो’ भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ। म्याग्दीमा अब पनि दुब्र्यसनीमा फसेकालाई बेवास्ता गरिए भविस्यमा झनै भयानक दुर्घटना नहोला भन्न सकिन्न । घरपरिवारदेखि सबै सरोकारवाला निकायको ध्यान जान अति जरुरी छ ।

Leave a Reply