नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले लकेजमा फितलो व्यवस्थापन गर्ने गरेको गुनासो बढेको छ l यात्रु उडे पनि लकेज नल्याइदिने गरेको गुनासो यात्रुहरूले गर्न थालेका छन् l

यात्रु गन्तव्य स्थल पुगेर घन्टौ पर्खिदा समेत लकेज नआउने र एयरलाइन्सका जिम्मेवार अधिकारीले शिष्टता तथा जिम्मेवारी पूर्वक जवाफ नदिने गरेको गुनासा बढेका छन् l गत महिनाको २९ तारिक H9563 को उडानबाट काठमाडौँ हुँदै कतार आएका यात्रुले हमाद विमानस्थलमा करिब दुई घण्टा आफ्ना लकेज पर्खिए तर लकेज आएन l

नेपालबाट बिना जानकारी नै दुई घण्टा ढिलो उडेको र कतारमा बिहान सवा २ बजे ल्यान्ड गर्दा पनि ब्यागेज नआएको विषयमा बुझ्न खोज्दा एयरलाइन्सका अधिकारीले शिष्टता प्रकट नगरेको जनाएका छन् l

एक यात्रुले उनको झोलामा केही रकम र महत्त्वपूर्ण कागजात रहेको बताउँदै उनले आफ्नो ब्यागेज अर्को दिन मात्र कतार आएको बताए l सोही दिन नेपाल एयरलाइन्सबाट यात्रा गरेका एक अर्का यात्रुले पनि सोही किसिमको दुख व्यहोर्न परेको जनाएका छन् l

उनी पनि अर्को दिनको फलाइटमा विमानस्थल पुगेर आफ्नो लकेज लिएको बताएका छन् l यस बारेमा थप बुझ्न र आधिकारिक जवाफ लिन हिमालयन एयरलाइन्सका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् भने लकेज किन आएन भन्ने बारेमा अनभिज्ञता प्रकट गरे l

नेपाल बाट उड्ने नेपालका एयरलाइन्सको गैर जिम्मेवारी पनले कतार फर्किएर अर्को दिन काममा जानु पर्ने कामदारलाई प्रत्यक्ष मार परेको छ भने मानसिक तनाव र आर्थिक अभावको सामना समेत गर्नु परेको छ l (कतारबाट प्रकाशित हुने अङ्ग्रेजी राष्ट्रिय दैनिक दि पेनेन्सुयला डेलीमा प्रकाशित समाचारको सम्पादित अंश )

Leave a Reply