नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत मालिका गाउँपालिकामा अभियान सुरू भएको छ ।मालिकाको वडा नं १ निस्कोटको जुवाङ,ओखरबोट र केसमा टोल भेला सम्पन्न भएको छ । अभियानका संयोजक एवम् नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाबाट थर्कमान पुनको सभापतित्वमा ९ सदस्यीय टोल समिति गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गदैं पार्टी उपसभापति श्रेष्ठले अभियानमार्फत टोलबस्तीमा देखिएका समस्या, आवश्यकता र कांग्रेसप्रति समुदायको गुनासोहरु समेत सुन्ने बताए । कांग्रेस वडा समितिका सभापति भबहादुर पुनको सभापत्विमा भएको कार्यक्रममा वडाभित्रका सबै बस्तीमा पुगेर अभियानमार्फत कांग्रेसमा जोड्ने बताइएको थियो ।

त्यस्तै वडा नं ५ देविस्थानमा भएको भेलाबाट वडा समिति पुर्नगठन गरिएको छ । वडा समितिको सभापतिमा धनबहादुर फगामी रहेको ११ सदस्यीय समिति गठन गरिएको अभियानका सदस्य नेपाली कांग्रेसका यूवा नेता विश्वास श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस म्याग्दीले गत पुस महिनामा सम्पन्न भएको कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलनबाट क्षेत्र, पालिका, वडामात्र नभई टोलसम्म पुग्ने गरी विभिन्न चरणमा कार्यक्रम तय गरिएको थियो ।  अभियानअन्तरगत पहिलो चरणमा जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने समुदायको गुनासो, स्थानीयस्तरका नेताकार्यकर्तासँग छलफल गरी आवश्यकतार समाधान सहितका योजना बनाउने कांग्रेस म्याग्दीले जनाएको छ ।

Leave a Reply