निकै पुरानो भाकालाई पछिल्लो समय प्रत्यक्ष दोहोरीमा प्रयोग गर्न थालेपछि चर्चामा आएको हो ‘रेलै सलल’ । यही भाकामा आएको नयाँ गीत अहिले सामाजिक सञ्जालमा निकै हिट भइरहेको छ । अमेरिकामा बसोबास गर्दै आएका बागलुङका राजन क्षेत्रीले सञ्चालन गर्ने ई–नेपाल रोधी घरको युट्युबबाट उक्त गीत बुधवार राति बजारमा आएको हो ।

द्वन्द्वकाल माया  प्रेम र लाहुरेको कथा बोलेको मौलिक गीतका शब्द संकलन बालकुमार श्रेष्ठले गरेका हुन् भने रामेश्वर ढकालले संगीत संकलन गरेका छन् । माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र स्वयं श्रेष्ठले स्वर दिएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । केसीले सिर्जना गरेको संगीत अहिले टिकटकमा सर्वाधिक रुचाइएको छ । घुम्ती घुम्ती रोड गीतमा जँडियाको आवाजमा गीत गाउँदै अभिनय गरेर ह्वात चर्चामा आएका म्याग्देली कमेडीयन तथा गायक कार्कीले यस गीतमा आवाजसहित डबल रोलमा अभिनय गरेका छन् । उनको अभिनयले यस गीतमा पनि विशेष आकर्षण पाएको छ ।

सुरेश श्रेष्ठ र सञ्जीव खनालले खिचेको भिडियोमा दर्जनौं स्थानीयहरूलाई समेत देख्न सकिन्छ । गीतको भिडियोको कथाले गाउँ छोडेर कहीँ जान नसक्ने र लाहुरे पनी गाउँमै बस्नुपर्ने सन्देश दिएको छ । विष्णु शर्माको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको कोरीयोग्राफी प्रवीन थापाले गरेका हुन् । गायक गायिकाका अलावा भिडियोमा सुमन परियार विशेष आकर्षणको रूपमा फिचर्ड छन् ।

 

 

 

Leave a Reply