बेनी नगरपालिका-९  तोरिपानीकी १९ बर्षिया मिना परियार ६ दिनदेखि बेपत्ता भएकी छन् । गएको पुस १६ गते ११ बजे आसपासमा घरबाटै सम्पर्कविहिन भएकी परियारको खोजीकार्य गर्दा समेत नभेटिएपछि परिवार चिन्तित भएका छन् । बेपत्ता परियारका बुबा जुठे दमाईका अनुसार राती १ बजे घरमा नदेखेपछि तत्कालै खोजीकार्य गर्दा नभेटिएपनि सहयोगको याचना सहित सामाजिक सञ्जालमा समेत पोष्ट गरिएको छ ।

बेपत्ता भएको दिनदेखि शनिबारसम्म घर नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको परियारकी भाउजु कमला बर्देवा नेपालीले बताईन् । धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

Leave a Reply