गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।

सातौँ बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । गलकोट नगरपालिकाले ताराखोलामाथि पहिलो सेट २५–२०, दोस्रो सेट २५–२२ र तेस्रो सेट समान २५–२२ ले जित निकाल्यो ।

यस्तै शुक्रबार नै भएको तेस्रो स्थानको खेलमा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोला गाउँपालिका–५ लाई ३–१ को सेटमा पराजित गर्यो । ढोरपाटनले पहिलो सेट २८–२६ र दोस्रो सेट २५–१८ ले जित निकालेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको ढोरपाटनले चौथो सेटमा २५–१२ को सहज जित निकाल्दै तेस्रो स्थान पक्का गर्यो ।

प्रतियोगिताको विजेता गलकोट नगरपालिकाले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छभने उपविजेता ताराखोला गाउँपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । यस्तै तेस्रो स्थानको ढोरपाटन नगरपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ र सान्तवना भएको होटल माउन्टेन भ्यूले २५ हाजर १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

Leave a Reply