म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई आर्थिक सहयोग गरेको छ ।  संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको उपस्थितिमा क्यान्सर पिडितको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

२० बर्षिया पईजाको राजीव गान्धी अस्पताल भारतको नया दिल्लीमा पाठेघर क्यान्सरको उपचार भईरहेको छ । मनीषाको उपचारको लागि करिव ३० लाख रुपैया खर्च लाग्ने अस्पतालले जनाएको छ ।

आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गर्दै आईरहेकोछ ।

मनिषाको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । सामाजिक संजालमा अभियाननै संचालन गरि आर्थिक सहयोग संकलन भैरहेको अभियान्ता समिर रोकाले बताउनुभयो । मनिषालाई आर्थिक सहयोग गर्नकालागि निम्न बमोजिम बैंक खातामा डिपोजिट गर्न सकिन्छ ।

Account Name :ManishaPaija

Account No. 01840033580

Laxmi Bank Ltd.

LagankhelLalitpur Nepal

Leave a Reply