म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायीक संस्थासंग सम्झौतामा गरेको छ। स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी, कानुनी ब्यवसायी, लेखापढी संस्थासंग संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले बिहिबार विभिन्न ब्यवसायी संस्थागत सम्झौता गरेका छन् ।

संस्थाले संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेका प्रोपाईटर सुयोग श्रेष्ठ, म्याग्दी कोरला यातायातका संचालक गोपाल केसी, मिलन साउण्ड एण्ड भिजनका प्रोपाईटर रुद्रबहादुर बानियाँ (मिलन, नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाका संचालक शम्भु राज पाण्डे, गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयका संचालक तथा अधिबक्ता ईश्वर गिरि, रक्षा भू–सेवा केन्द्रका संचालीका रक्षा पौडेल र सगुन स्टेशनरी स्टोर्शका संचालक ठाकुरप्रसाद शर्मासंग सम्झौता गरेको हो ।

यस सहकारीको परिचय खुल्ने परिचयपत्र लिएर बेनीस्थित संगमचोकमा रहेको संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेटले सबै इलोक्ट्रोनिक सामानहरु र इन्टरनेट सेवामा १० देखी १८ प्रतिशत छुट पाउने सम्झौता भएको छ । त्यस्तै म्याग्दी कोरला यातायात प्रा.लिले सहकारीका शेयर सदस्यहरुलाई बेससेवामा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको छ ।

बेनीस्थित क्याम्पसचोकबाट सेवा दिदै आएको मिलन साउण्ड एण्ड भिजनले एल्जी इलोक्ट्रोनिक सामानहरु किन्न आउने शेयरसदस्यलाई १२ देखि १८ प्रतिशतसम्म छुट,अस्पतालचोकबाट स्वास्थ्य सेवाहरु दिँदै आएको नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाले जाँच उपचारमा १० प्रतिशत, ल्यावसेवामा २० प्रतिशत, औषधीमा १० प्रतिशत, आँखा उपचारमा ५ प्रतिशत र चस्मामा १० प्रतिशत उपलब्ध गराउने छ ।

गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयले दिने सेवामा १० प्रतिशत छुट साथै, अंशवण्डा, नामसारी, राजीनामा लगायतका जग्गा सम्बन्धी सम्पूर्ण सेवामा रक्षा भू–सेवा केन्द्रले १० देखि २० प्रतिशत छुट दिने,क्याम्पसचोकमा रहेको सगुन स्टेशनरी स्र्टोशका संचालक ठाकुरप्रसाद शर्माले स्टेशनरी तथा पुस्तकमा विशेष छुट दिने सम्झौता भएको सहकारीका बरिष्ठ ब्यवस्थापक बसन्तकुमार श्रेष्ठले बताए ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ, निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, कोषाध्यक्ष बमबहादुर पुन, संचालक सदस्य हेमन्त थापा र अनिता कार्की, बरिष्ठ ब्यवस्थापक श्रेष्ठ र ब्यवस्थापक हरिप्रसाद पौडेलको लगायतको उपस्थित थियो ।

Leave a Reply