ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा यही पुस २१ गते शनिबार एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर  सञ्चालन गर्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  अन्नपूर्ण गाउँपालिकासँगको समन्वय तथा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा शिविरको आयोजना गर्ने बेनी शाखा प्रमुख सोकेन्द्र थापा मगरले बताए ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ। जसलाई स्वास्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकको बेनीबजारमा शाखा, सिंगा तातोपानीमा एटिमए सहित काउण्टर र पोखरेबगरमा समेत काउण्टर रहेको छ ।

Leave a Reply