अन्नपूर्ण गाउँपालिका–३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको तीन दिनपछि नौनीबगर छेउमा कालीगण्डकी नदीको खोंचमा बिहिबार शव भेटिएको छ । सशस्त्र प्रहरी बल गलेश्वरस्थित आश्रित गुल्मबाट खटिएका गोताखोर र नेपाल प्रहरीको संयुक्त टोलीले जिसिको शव बिहीबार दिउँसो १ बजे सडकदेखि करिब सय मिटर तल कालीगण्डकी नदी खोंचमा फेला पारेको हो।

अन्नपूर्ण–२ तातोपानी बस्दै आएका घर्ती पुस २ गते घरबाट ग १ प ११३० नम्बर प्लेटको मोटरसाइकल लिएर पोखरेबगरतर्फ जाँदै गर्दा बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगर–तातोपानी खण्डको नौनीबगर भीरबाट कालीगण्डकीमा खसेका थिए । पुस ३ गते बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेपछि पुस ४ गते बिहानैदेखि गोताखोरहरु कालीगण्डकीमा हेलिएर घर्तीको खोजीमा जुटेका थिए ।

घर्तीले चढेको मोटरसाईकल भने फेला परेको छैन। बेपत्ता भएलगत्तै तातोपानीका पर्यटन ब्यवसायी एवम् नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनको पहलमा शसस्त्र प्रहरीको गोताखोरको टोलीले खोजीकार्य सुरु गरेको थियो ।

स्थानीयस्तरबाट खोजीकार्य सम्भव नभएपछि बेपत्ता भएको भोलीपल्टै गोताखोरको टोली घटनास्थलमा परिचालन भएको थियो । मृतक घर्तीको खोजीकार्यमा गोताखोर सहितको शसस्त्रको टोली नआएको भए तत्काल शब भेटाउन मुस्किल हुने उद्धार अभियानमा जुटेका पोखरेबगरका राजाराम बरुवालले बताए । उनले समयमै गोताखोरको टोली आएकाले शब भेटिएको समेत बताए ।

Leave a Reply